site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश २ को प्रस्तावित नाम ‘मधेश’ पनि अस्वीकृत

जनकपुर । प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभिन्न चार वटा नाम प्रस्ताव भएकोमा मंगलबार गोप्य मतदान हुँदा सबै प्रस्ताव अस्वीकृत भएका छन् ।

सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा ल्याएको प्रस्ताव ‘मधेश’ पनि अस्वीकृत भएको छ । १०७ सदस्य रहेकोमा कुनै पनि प्रस्ताव पारितको लागि कम्तीमा दुई तिहाई अर्थात् ७२ जनाको समर्थन आवश्यक थियो । ‘मधेश’ को पक्षमा ६० मत खसेको छ भने एक मत बदर र ४६ वटा मत विपक्षमा परेको छ ।

नेकपा र कांग्रेससहित दलले ल्याएका तीन वटा प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नेकपा र कांग्रेसले आआफ्ना सांसदहरुलाई कडाइका साथ ‘मधेश’ को विपक्षमा मतदान गर्न लगाएका थिए ।

 नेकपाले त ‘मधेश’ का लागि मतदान हुनु अघि संसदीय दलको बैठक बसेर दलका सांसदहरुलाई पार्टीको झण्डा छुन लगाएर विपक्षमा मतदान गर्न ‘कसम’ नै खुवाएको एक सांसदले बताए । 

मधेश प्रस्ताव ल्याउने समाजवादी पार्टी र राजपाको क्रमशः ३० र २५ गरी जम्मा ५५ सदस्य छन् । प्रतिपक्षमा रहेका नेकपा र कांग्रेसको क्रमशः ३२ र १९ गरी ५१ सदस्य छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro