
जनकपुर । प्रदेश २ को नामाकरणको लागि नेपाली कांग्रेसको संस्थापन इत्तरपक्षले ल्याएको प्रस्ताव ‘मध्य मधेश’ पनि बहुमतले अस्वीकृत भएको छ ।
यस प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा ६५ मत प्राप्त भएको छ । नामाकरणको लागि चार वटा प्रस्ताव दर्ता भएकोमा तीन वटा प्रस्ताव अस्वीकृत भइसकेको छ भने ‘मधेश’ प्रदेशको लागि अब मतदान प्रक्रिया अघि बढेको छ ।
यस अघि नेकपाले ल्याएको प्रस्ताव ‘जानकी’ को पक्षमा ३७ तथा विपक्षमा ७० मत खसेको थियो । नेपाली कांग्रेसले ल्याएको प्रस्ताव ‘मिथिला भोजपुरा’ को पक्षमा २८ तथा विपक्षमा ७९ मत खसेको थियो ।
प्रदेशसभामा १०७ सदस्य रहेकोमा महिला सदस्यको संख्या ३७ छ । पहिलो चरणमा ‘जानकी’ को लागि भएको मतदानमा ३७ वटै मत पक्षमा खसेको थियो ।
उक्त विषयलाई राजपा सांसद एवं भौतिक पुर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले ३७ महिला मतदाता रहेको र ठ्याक्कै सोही संख्यामा जानकीको पक्षमा मत खस्नु सुखद् संयोग भएको बताइन् ।