site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशको राजधानी र नाममा भोलि मतदान

जनकपुर । प्रदेश २ को स्थायी राजधानी र नामाकरणको विषयलाई टुंग्याउन भोलि (मंगलबार) बिहान ११ बजे मतदान हुने भएको छ । 

सोमबार बसेको प्रदेशसभा बैठकबाट मंगलबार बिहान मतदान प्रक्रियामा जाने निर्णय भएको हो । 

भदौ ५ गते नै दर्ता भएको स्थायी राजधानी तथा नामाकरण सम्बन्धी प्रस्ताव राजनीतिक सहमति नमिल्दा लामो समयसम्म ओझेलमा परेको थियो । 

प्रदेशसभामा राजधानीको लागि पाँचवटा तथा नामको लागि चार वटा प्रस्ताव दर्ता भएको छ । 

ती मध्ये दलीय आधारमा स्थायी राजधानीका लागि आएका विभिन्न तीन प्रस्तावलाई समायोजना गरी एउटै बनाइएको छ । 

उक्त प्रस्तावमा जनकपुरलाई स्थायी राजधानी बनाउने भनिएको छ । यता, बारा र पर्साका केही सांसदहरुले वीरगंजलाई स्थायी राजधानी तोक्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । 

मंगलबार जनकपुर र वीरगंजको नाउँमा मतदान हुनेछन् । तर, करिब सबै राजनीतिक दलले जनकपुरलाई नै राजधानी तोक्न सहमति जनाइसकेकाले जनकपुर नै राजधानी घोषणा हुने सम्भावना प्रवल देखिन्छ । 

नामको सन्दर्भमा सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा मधेश, नेकपाले जानकी तथा कांग्रेसले मिथिलाभोजपुराको नाम प्रस्ताव गरेका छन् । 

कांग्रेसकै अर्को एक पक्षले मध्यमधेशको प्रस्ताव दर्ता गराएको छ ।  नामको सम्बन्धमा राजनीतिक सहमति कायम हुन सकेको छैन । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro