site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्पतालले पनि मेटेन दुई अध्यक्षको दरार 
SkywellSkywell

काठमाडौं । पार्टी उपाध्यक्ष वामदेव गौतमबारे माथापच्ची चलिरहँदा वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– “हामी दुई अध्यक्ष विवाद पनि गर्छौं । मिल्छौं पनि । हामी विभाजित हुँदैनौं ।”

फागुन १४ गतेको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्ने विषयमा पार्टीभित्र अन्तरविरोध पैदा भएको थियो । सचिवालयको निर्णयका सन्दर्भमा पार्टीका नेतापिच्छेका अलगअलग व्याख्या र विश्लेषणले कार्यकर्ता अन्योलग्रस्त थिए । नेतृत्व तहमा देखिएको विवाद तलतल सङ्क्रमण हुने खतरा थियो ।

अध्यक्ष केपी शर्मा ओलीसँगै उभिएर अध्यक्ष प्रचण्डले हामी मिल्छौं । विवाद पार्टीको जीवन हो भनिदिएपछि ढुक्क देखिएका थिए । पार्टीभित्रको विवाद मत्थर भइसकेको विश्वास गर्दै तालीले स्वागत पनि गरे ।

KFC Island Ad
NIC Asia

यथार्थमा भने दुई अध्यक्षको मन सङ्लिन सकेको छैन । उपाध्यक्ष वामदेवलाई रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्ने निर्णय अन्योलमै रहेका बेला प्रधानमन्त्री ओली अस्पताल भर्ना भए, मिर्गौला पुनः प्रत्यारोपणका लागि ।

२०६४ साल साउनमा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडिसकेको थियो । नियमित डायलाइसिस अथवा प्रत्यारोपण विकल्प बनेको थियो ।

Royal Enfield Island Ad

प्रधानमन्त्री ओलीले प्रत्यारोपणको समय यही छाने । १९ गते अस्पताल भर्ना भए । अस्पताल बसाइले दुई अध्यक्ष बीच झाँगिदो कटुतालाई हार्दिकतामा बदल्ने विश्वास लिइएको थियो । स्वास्थ्यसँग भावनात्मक साइनो हुनाले पार्टीभित्रको विवाद निरुपण हुने विश्वास पनि लिइएको थियो ।

तर, यथार्थ त्यस्तो देखिएन ।

अस्पताल भर्ना भएकै दिन राति प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेका थिए । त्यसपछि उनले स्वास्थ्यबारे चासो नदेखाएको भन्दै प्रधानमन्त्रीको चित्त दुखाइ रहेको बालुवाटारनिकट नेता बताउँछन् ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि अध्यक्ष प्रचण्ड पनि सार्वजनिक कार्यक्रममा सहभागी भएनन् । सङ्क्रामक रोग कोभिड–१९ (कोरोना)को असर विश्वव्यापी बढ्दो थियो । नेपालमा सङ्क्रमित फेला नपरे पनि उच्च सतर्कता, सावधानी अपनाउन जरुरी देखिएकाले प्रचण्ड बाहिरफेरका कार्यक्रममा निस्किएनन् । 

यही बीचमा प्रचण्डलाई पनि मर्की देखिएकाले सार्वजनिक कार्यक्रममा सरिक नभएको उनको सचिवालयले बताएको थियो ।

प्रधानमन्त्री भेट्न नपाए पनि अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझ्नेसम्म नगरेको गुनासो प्रधानमन्त्रीको सचिवालयले गरेको छ ।

“जापान, भारत, पाकिस्तान, भुटानलगायतका देशका प्रधानमन्त्री, युरोपेली देशका राजदूत, नेपालस्थित वैदेशिक नियोग प्रमुखहरूले शुभकामना सन्देश पठाउने, पार्टीका सहधर्मी अध्यक्षले भेट्नसमेत नआउने अवस्था देखियो,” प्रधानमन्त्रीका सचिवालयमा रहेका एक नेताले बाह्रखरीसँगको कुराकानीमा भने ।

प्रधानमन्त्री १२ औं दिनका दिन शुक्रबार अस्पतालबाट डिस्चार्ज भए । डिस्चार्ज भएको भोलिपल्ट अर्थात् शनिबार बिहान मात्रै उनको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड बालुवाटार पुगेको सचिवालयले जानकारी दिएको छ ।

“शनिबार बिहान उहाँहरूबीच सामान्य कुराकानी भयो । स्वास्थ्य अवस्था बुझ्ने काम भयो । तर, उहाँले अस्पतालमै गएर नियमित स्वास्थ्य अवस्था बुझ्ने, उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिने, प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपश्चात् चिकित्सकहरूको बढेको मनोबल अझ उकास्ने काम गर्नुपथ्र्यो, हाम्रो अपेक्षा यही थियो,” प्रधानमन्त्रीका सचिवालय सदस्य भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro