२०७६, फाल्गुन २८ गते बुधबार
मेष : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम सजिलै सम्पन्न हुनेछ । दीर्घकालीन काम बन्नेछ ।
वृष : दिन मध्यम खालको रहनेछ । मनमा चिन्ता पर्न सक्नेछ । स्वास्थ्यमा शीर पीडा हुन सक्नेछ । धैर्य गर्नु निकै बेस हुनेछ ।
मिथुन : दिन प्रतिकूल रहनेछ । केही भ्रमपूर्ण र गलत निर्णयले मनमा दुविधा पर्न जानेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।
कर्कट : दिन उत्तम रहनेछ । कामको दायित्व थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।
सिंह : दिन मध्यम रहनेछ । बोलीवचनमा निकै सावधान रहनु पर्नेछ । खानपानका परिकारमा पनि ध्यान दिनु बेस हुनेछ । आम्दानी घट्नेछ ।
कन्या : दिन भाग्योदयकारक रहनेछ । निकै महत्त्वपूर्ण कार्यक्रम बन्नेछ । नयाँ कामको अवसर मिल्नेछ । पढाइ लेखाइमा गति थपिनेछ ।
तुला : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । मुख्य काममा व्यवधान आउन सक्नेछ धैर्य गर्नु निकै बेस हुनेछ ।
वृश्चिक : दिन उत्तम रहनेछ । नवीन आयस्रोत खुल्नेछ । मनमा सन्तोष मिल्नेछ । अरुबाट सहयोग प्राप्त हुनेछ ।
धनु : दिन अनुकूल रहनेछ । आटेको कामाम सफलता मिल्नेछ । उत्कृष्ट मानसम्मान तथा पुरस्कार पाइनेछ ।
मकर : दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्र कमजोर रहन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।
कुम्भ : दिन प्रतिकूल रहनेछ । अनावश्यक आडम्बर हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ ।
मीन : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट भइनेछ । मनोरञ्जन गरिनेछ ।