site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रमण वर्ष स्थगित, नेपालले अनअराइभल भिसा नदिने 

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारणले नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएकोले नेपाल भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर २०२२ मा सम्पन्न गर्ने तयारी गरिएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल आउनेहरुलाई दिँदै आएको अनअनराइल भिसा तत्कालका लागि स्थगित गर्ने निर्णय पनि गरेको छ ।

अनअनराइभल भिसाको सुविधा पाउँदै आएका केही देशका नागरिकलाई अब त्यस्तो सुविधा नदिने निर्णय भएको उनले जनाए । यो तत्कालका लागि गरिएको निर्णय भएको उनको भनाइ छ । कुन कुन देशका नागरिकलाई भनेर भनिएको छैन ।

एक मन्त्रीका अनुसार ४–५ वटा देशबाट आउने नागरिकलाई मात्रै अनअनराइभल भिसा नदिने निर्णय भएको हो ।

फागुन २४ गतेबाट लागु हुनेगरी यो निर्णय कार्यान्वयनमा जानेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro