site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हामी कसैको एक औंश पनि लिँदैनौं, हाम्रो भूमि पनि दिँदैनौँ’

दार्चुला । उपप्रधानमन्त्री  तथा रक्षामन्त्री ईश्वर पोखरेलले मातृभूमिको एक इन्च कहीँ कतै गुम्न नदिने बताएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ४ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन गर्न पुगेका पोखरेलले आइतबार कालापानीको विवादको प्रसंगमा कसैको एक औंस भूमि पनि हस्तक्षेप नगर्ने र आफ्नो पनि गुम्न नदिने बताए । 

पोखरेलले प्रेमसिंह धामीलाई सम्झँदै भने, ‘‘ प्रेमसिंह धामी छिमकीले हाम्रो भूमि अतिक्रमण भएको भनेर गुञ्जायमान बनाउनुभयो। अहिले उहाँ नभए पनि उहाँकाे विचार मरेको छैन। हामी प्रेमसिंह धामीका सपना साकार पर्छौं । हाम्रो सीमा क्षेत्र यो हो भनेर छिनोफानो गर्नुपर्छ।’’ पोखरेलले सीमा विवादमा पहिलोपटक सरकारले पत्र पठाऐको पनि बताए।

सरकारले  ‘‘कालापानी र लिम्पियाधुरा छाड्दैनौं’’ भनेर पत्र पठाएको छ। ‘‘सरकार सौहार्दपूर्ण वतावरणमा कुराकानी गरेर विवाद समाधान गर्न  चाहन्छ । छिमेकीसँगको सम्बन्ध सधैं सुमधुर हुनुपर्छ भन्नेमा हामी सचेत छौं । कूटनीतिक तबरबाट यो समस्या समाधान हुन्छ ।’’

पोखरेलले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर नयाँ नक्सा निकाल्ने प्रतिबद्धता व्यक्त गरे । नेकपाको सरकारलाई केन्द्रीय कमिटीको बैठकले पनि यही सुझाव दिएको उनले स्मरण गरे । ‘‘सीमा रक्षाका लागि कामको थालनी गरेका छौं। सीमासुरक्षा बल थप्दैछौं । म कालापानी जाँदैछु। सीमामा खटेका जवानलाई सोध्छु। भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्छौं,’’ पोखरेलले भने, ‘‘सीमा विवादमा सबै पार्टी एक छन्।’’

सरकारले दार्चुलादेखि टिंङ्कर भञ्ज्याङसम्म बाटो बनाउने कुरा पनि पोखरेलले थपे । ‘‘नेपाली सेनाले बाटो बनाउँछ। सरकारले बजेटको व्यवस्थापन गर्छ। दार्चुलाबासीले जति दु:ख पाए, पाए, अब पाउनु पर्दैन,’’ उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro