site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्द्रीय कमिटीको आदेशविरुद्ध प्रधानमन्त्री ओलीको गर्जन !
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ ।

दुई वर्षको अवधिमा सरकारले आशा जगाउने कामको थालनी गर्‍यो । अर्थतन्त्रको सूचकाङ्‍कमा सकारात्मक सङ्केतहरू देखा परे । आर्थिक वृद्धिदर उकालो लाग्यो । विकासका निर्माणका आधारहरू तयार गरे । अन्तर्राष्ट्रिय सूचकाङ्‌कहरूमा पनि मुलुकको अवस्था सुध्रँदो छ । मुलुकको आर्थिक अवस्था सकारात्मक दिशातिर अघि बढिरहँदा ओलीको आफ्नै ग्राफ भने ओह्रालो लाग्यो ।

सुरुका दिनमा दुईतिहाइ र समाजवादी पार्टी सरकारकाबाट बहिर्गमित भएसँगै समर्थन फिर्ता लिँदा सरकार सुविधाजनक बहुमतमा त छ । तर, प्रधानमन्त्री ओली सरकार गठनलगत्तैजस्तो फटाफट निर्णय गर्न सक्ने अवस्थामा छैनन् । पार्टी सत्तामा उनको प्रभुत्व घट्दो क्रममा छ । पार्टीभित्र उनीविरुद्ध समूहबन्दी र घेराबन्दी बाक्लै छ । क्रमशः एक्लिँदै गएका छन् ।

KFC Island Ad
NIC Asia

पार्टी र सरकार सञ्चालनमा दिन–प्रतिदिन कमजोर बन्नुको कारण उनको कसैसँग सरसल्लाह नगर्ने बानीलाई औंल्याइएको थियो । अघिल्लो र यस वर्षको पुुसमा सम्पन्न भएको स्थायी कमिटी बैठक र माघ १५ गतदेखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको धुवाँधार विरोध भयो ।

सरकारले गरेका निर्णय पत्रपत्रिकामा पढेर थाहा पाउनुपर्ने अवस्था आएको र पार्टी संस्थागत निर्णयबाट विमुख हुँदै गएको भन्दै सदस्यहरूले आक्रोश पोखेका थिए । पार्टीले सरकार चलाउनुपर्ने र सरकारले पार्टीको नीति, निर्णय बोकेर हिँड्नुपर्नेमा उनीहरूको मतैक्य थियो ।

Royal Enfield Island Ad

अधिकांश केन्द्रीय सदस्यहरूले सरकार पार्टी निर्णयका आधारमा चल्नुपर्ने निष्कर्ष निकालेपछि केन्द्रीय कमिटी बैठकले संयन्त्र बनाउने निर्णय ग¥यो । तीनवटै तहका सरकार सञ्चालन गर्न अलगथलग संयन्त्र बनाउने केन्द्रीय कमिटी बैठकको निचोड थियो ।

तर केन्द्रीय कमिटी बैठकको रापताप नेसेलाउँदै प्रधानमन्त्रीले सदनबाटै त्यसको अवज्ञा गर्ने सङ्केत देखाएका छन् ।

शनिबार सरकारको दुईवर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) केही दिनमै पारित हुने बताए । त्यसो त अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि बधाइ दिँदै पनि उनले एमसीसी केही दिनमै पारित गर्नुपर्छ नभनेका होइनन् ।

एमसीसी प्रकरणबारे बाहिर अनगिन्ती प्रश्न खडा भएपछि केन्द्रीय कमिटी बैठकमा पनि प्रश्न उठ्ने नै भयो । एमसीसी यथाहालतमा पास गर्नुहुँदैनमा भन्ने १५ वटै समूहको साझा निष्कर्ष निकाले ।

पार्टीले आधिकारिक निर्णय नगरी सरकारले पास गर्न खोजेको भन्दै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्रीको धुवाँधार विरोध पनि गरे ।

“यो विषयमा पार्टीको आधिकारिक निर्णय नभइ सरकारले पास गर्न खोजेको, संसदमा प्रक्रिया अघि बढाएको देखिन्छ । त्यो उचित होइन ।यस्तो गम्भीर विषयमा पार्टीले आधिकारिक निर्णय गरेर त्यसैअनुसार सरकार अघि बढ्नुपर्छ । महाकाली सन्धि पास गर्ने बेला पनि फाइदैफाइदाको कुरा गरियो । भएन । साम्राज्यवादी अमेरिकाले केही स्वार्थबिना अनुदान दिन खोजेको छैन होला, शङ्‍का त्यता पनि जन्मिन्छ,” ११ नम्बर समूहले निष्कर्ष निकालेको थियो ।

अधिकांश समूहको यस्तै निष्कर्ष आएपछि केन्द्रीय कमिटी बैठकले सुझाव कार्यदल गठन गरेको थियो । दश दिनका लागि भनेर पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित कार्यदल गठन गरेको थियो । निर्धारित समयभित्र अध्ययन प्रतिवेदन तयार पार्न नभ्याएपछि दश दिनको समय थप गरेको छ ।

तर प्रधानमन्त्री ओलीले प्रतिवेदन आउनुअगावै कार्यदलको सुझाव मान्न सरकार बाध्य नहुने सङ्केत गरेका छन् । केन्द्रीय सदस्यहरूको मत, आदेश जे रहे पनि ‘त्यो दलहरूको विषय हो’ भन्दै सरकार आफ्नै हिसाबले अघि बढ्ने सन्देश दिएका छन् ।

शनिबार प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै भने, “एमसीसीबारे विवाद होला, अलिअलि बुझ्न बाँकी होला, राजनीतिक दलहरूको विषय होला, राजनीतिक दलहरूले अध्ययन गर्लान्, त्यो आफ्नो ठाउँमा छ । तर, सरकारले अनुमोदनका लागि संसदनमा पेस गरेको छ । सभामुखज्यूले निर्णयार्थ प्रस्तुत गरेपछि त्यो पास हुन्छ । अगाडि बढ्छ ।”

प्रधानमन्त्रीले सम्बोधनमा पनि एमसीसी नेपालको मुहार फेर्ने परियोजनाका रूपमा चित्रण गर्न छुटाएका छैनन् ।

“मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय विद्युत् प्रसारण लाइनको भारतका प्रधानमन्त्रीसँग संयुक्त रुपमा उद्घाटन गरेर सञ्चालनमा आएपछि विद्युत् आयात–निर्यातको ढोका खुलिसकेको छ । एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौंडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सबस्टेसन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्त्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामर्थ्य उपयोगमा कोसेढुंगा हुनेछ । अमेरिकी सरकारको करिब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्त्व र हैसियत प्राप्त गरेको छ । आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर नै बदलिने निश्चित छ,” उनले सम्बोधनका क्रममा भने ।

एमसीसी अमेरिकी सरकारले सन् २०१७ देखि सुरु गरेको हिन्द–प्रशान्त रणनीतिको अङ्ग हो कि होइन भन्ने केन्द्रीय कमिटीको चासो छ ।

सम्झौताका केही प्रावधानले नेपालको सार्वभौमिकतामाथि दख्खल पुर्‍याउने भन्दै उनीहरूले चिन्ता व्यक्त गरिरहेका छन् । तर यी प्रश्नको निरुपण गर्नतिर नलागी प्रधानमन्त्री पुरानै शैलीमा अगाडि बढ्न खोजेको भन्दै नेकपाकै नेता–कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

-तस्बिर : रासस

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro