site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
'नेपाल मेरो दोस्रो घर'
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेरो जन्मस्थान नेपाल र भारतको सीमामै जोडिएको गाँउ हो । नेपाल र भारतको सीमामा मेरो बाल्यकाल बिते पनि नेपाल आउने मौका भने यसअघि पाएको थिइनँ । नेपाल मलाई मेरो दोस्रो घर जस्तै लाग्छ । म बिहारमा जन्मिएको हुँ, जहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाईबस्तु पनि चर्नलाई नेपाल जान्थे । यसरी नेपालसँगको नाता गहिरो भए पनि काठमाडौं आएको भने पहिलो पटक हो । सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशी लागेको छ । 

विश्वभरिका चलचित्र पे्रमी, चलचित्र निर्माता र चलचित्र क्षेत्रका साथीहरुलाई यसरी एकैथलोमा भेट्न पाँउदा खुशी छु । चलचित्र भनेको कलाको एक उत्कृष्ट विधा मध्येको एक हो । चलचित्र एक जीवन्त कला हो जसले हाम्रो पाचौं इन्द्रियलाई सक्रिय बनाउँछ । 

Prabhu Bank
Agni Group
NIC Asia

हरेक दर्शकले चलचित्रका पात्रलाई र माहोलमा आफूमा पाउँन सक्छन् । चलचित्र अर्थात दृश्य भनेको विश्वव्यापी भाषा हो । चलचित्रले लुकेका कथा, संस्कृति र समाजलाई विश्वसामु ल्याउन मद्दत गर्छ । चलचित्रले मान्छेलाई कुनै घटना, व्यतिm र समाजको बारेमा झक्झकाउने र राम्रो कुराको लागि प्रेरित गर्दछ ।

विगत ४० वर्षदेखि चलचित्र क्षेत्रमा आफूलाई पाउँदा म स्वयम्लाई भाग्यमानी पनि ठान्छु । विगत ४० वर्षदेखि चलचित्र निर्माणमा सक्रिय छु । 

Global Ime bank

मैले केहीदिन अघिमात्रै यो पटकको महोत्सवमा प्रदर्शन हुने चलचित्रहरु हेरिरहेको थिएँ । विभिन्न देश, संस्कृति र भाषाका उल्लेखनीय चलचित्रहरु हेर्न पाएकोमा खुशी लाग्यो । 

म ती क्षमतावान, प्रतिभावान र जोश भएका चलचित्र निर्माताहरु ( कलाकार, प्राविधिक, निर्देशक, लेखक) को सम्मान गर्छु । हामीसँग यस्ता महोत्सवहरु छन् जसले कलाको विधा चलचित्रलाई उत्साहपूर्वक मनाउने प्लेटफर्म पैदा गरिदिएको छ । 

नेपाल एक सुन्दर देश हो । नेपाल घर्म, संस्कृति र भिन्नभिन्न कलाले भरिएको समाजको थलो हो । तपाईं (नेपाली)सँग निफ जस्तो अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सवहरु छन् । जसलाई उपयोग गरेर तपाईंले आफूसँग भएको धर्म र संस्कृतिलाई विश्वसामु पुर्याउन सक्नुहुन्छ यो खुशीको कुरा हो । म आशा गर्छु की प्रतिभावान व्यतिmहरु भएको नेपाली चलचित्र क्षेत्र भविष्यमा अझै परिस्कृत र विकास हुँदै जानेछ । 

(बलिउड निर्देशक प्रकाश झाले बिहीबार नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलको उद्घाटन सत्रमा राखेको विचार जस्ताको तस्तै ।) 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय