site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उद्योग संगठनको आयोजनामा मानव संसाधन सम्मेलन सुरु
Sarbottam CementSarbottam Cement

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा दुईदिने मानव संसाधन सम्मेलन प्रारम्भ भएको छ । मोरङको विराटचोकमा शुक्रबार सुरु भएको सम्मेलनको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले गरे ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा अवस्थित विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, व्यवस्थापक, मानव संसाधन प्रमुख, विभिन्न विश्वविद्यालयका प्राज्ञिक वर्ग, विकास साझेदार संस्थाका प्रतिनिधि गरी १५० जनाको सहभागिता रहेको छ । सम्मेलनमा भारतबाट बहुराष्ट्रिय कम्पनीका मानव संसाधन प्रमुखहरू, विकास साझेदार संस्था आईएलओ, स्विस सरकार विकास सहयोग, जर्मन सहयोग, इन्स्योर हेल्भेटास, एन.भी.क्यू.एस लगायतका प्रतिनिधिहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका भीसी प्रा.डा. भोला थापाले औद्योगिक जनशक्ति विकासका लागि उद्योग र एकेडेमिया क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले भने, “अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक समृद्धि प्राप्त गर्न दक्ष जनशक्ति आवश्यक रहेको छ । यही भएर पाठयक्रम विकासको क्रममा विश्वविद्यालयलाई निजी क्षेत्रको सुझाव समेत चाहिएको छ ।”

थापाले भारत केही दशकभित्रै ठूलो विकसित देशको सूचीमा पर्ने गरी आर्थिक विकासमा सक्रिय भएको भन्दै नेपालले त्यसबाट फाइदा लिनेबारे अहिल्यै दक्ष मानव संशाधन व्यवस्थाबारे योजना बनाएर अघि बढ्नु पर्ने सुझाव दिए ।

Global Ime bank

पूर्वाञ्चल विश्व विद्यालयका भीसी बिजु थपलियाले अन्तर्राष्ट्रिय अनुभव र नेपालको आवश्यकता साथै वर्तमान अवस्थामा उपलब्ध जनशक्तिलाई ध्यानमा राखी आगामी मार्ग तय गर्नुपर्ने धारणा राखे । उनले भने, “दक्ष जनशक्ति उत्पादनका लागि औद्योगिक विकासमा सबैको सहकार्य आवश्यक रहन्छ ।”

औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको विकास, क्षमता अभिवृद्धि र सृदृढीकरण, मर्यादित कार्यस्थल निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ सम्मेलन शुरु भएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए ।

मानव संशाधन विकासको क्षेत्रमा पाराडाईम सिफ्टका रुपमा पहिलोपटक सहभागीहरुले शुल्क तिरेर सहभागिता जनाउने गरी आयोजना गरिएको यस सम्मेलनमा सत्साहजनक सहभागिताले संगठनलाई उत्साहित बनाएको उनको भनाइ थियो ।

कार्यक्रमले बौद्धिक वर्गलाई उद्योग व्यवसाय क्षेत्रमा काम गर्ने राम्रो वातावरण तयार गर्न बहुराष्ट्रिय कम्पनी, नेपालका प्रतिष्ठित घराना गरेका अभ्यासहरूका सम्वन्धमा अनुभव आदान प्रदान गरी नेपालमै काम गर्नसक्ने वातावरण रहेको सन्देश प्रवाह गरी युवाहरूमा सकारात्मक भावना विकास गर्न सहयोग पुग्ने संगठनको अपेक्षा रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय