site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई उपलब्ध गराएको छ ।

फिफा विश्वकप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्थाबारे एएफसीले प्रारम्भिक अनुगमनपश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ ।

Dabur Nepal
NIC Asia

एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहित चार बुँदे विवरण माग गरेको थियो । एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टू दि स्टेडियमका विषयमा जानकारी माग गरेको थियो ।

सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययनपश्चात तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो । बिहीबार मात्रै संसदीय व्यवस्था समितिमा दशरथ रंगशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसको भोलिपल्ट नै राखेपले एन्फालाई विवरण दिएको छ ।

सदस्य–सचिव घिसिङको उपस्थितिमा राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गरेका हुन् ।

आगामी दिनदेखि अन्तर्राष्ट्रिय महासंघहरूको पूर्वाधार मापदण्ड राखेपलाई समयमै उपलब्ध गराउन सदस्य–सचिव टंकलाल घिसिङले एन्फाको ध्याणाकर्षण गराएका छन् । फिफा विश्वकप र एसियाली छनोटअन्तर्गत नेपालले यूएईविरुद्ध जेठ २४ गते दशरथ रंगशालामा ‘होम म्याच’ खेल्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro