site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ओस्कर : ब्राड पिट र लोरा डर्नलाई सर्वश्रेष्ठ सह–कलाकार पुरस्कार 

अमेरिकको लस एन्जलसमा भर्खरै सम्पन्न भएको ९२ औं ओस्कर अवार्डमा अभिनेता ब्राड पिट र लोरा डनले सर्वश्रेष्ठ सह–कलाकारको अवार्ड प्राप्त गरेका छन् । पिटले चलचित्र ‘वान्स अफन अ टाइम इन हलिउड’ बाट सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरेका हुन् । यो ब्राडको चलचित्र करियरकै पहिलो ओस्कर अवार्ड हो ।

योभन्दा अघि सन् २०१४ मा उनको चलचित्र ‘१२ इयर्स अ स्लेभ’ ले ओस्करमै सर्वश्रेष्ठ चलचित्रको अवार्ड प्राप्त गरेको थियो । अवार्ड ग्रहण गर्दै पिटले भने, “मलाई क्लिफ बुथ (चलचित्रमा उनको नाम) को स्वभावसँग प्रेम छ । मानिसमा राम्रो कुरा देख्नु, समस्यालाई स्वीकार गर्नु तर राम्रो कुराका लागि...”

Argakhachi Cement Island Ad

यस्तै अभिनेत्री लोरा डन चलचित्र ‘म्यारिज स्टोरी’ बाट सर्वश्रेष्ठ सह–अभिनेत्रीको अवार्डबाट सम्मानित भएका हुन् । उनले चलचित्रमा नोरा फन्सावको भूमिकामार्फत् उक्त अवार्ड प्राप्त गरेका हुन् । आफ्नो जन्मदिनको दिन हलिउडकै प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसो भने, “यो मेरो जन्मदिनको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार हो ।”

यस्तै चलचित्र‘ प्यारासाइट’ ले सर्वश्रेष्ठ मौलिक पटकथाको अवार्ड प्राप्त ग¥यो भने चलचित्र ‘टोय स्टोरी ४’ ले एनिमेटेड फिचर फिल्मको अर्वाड हात पारेका हुन् । यो अवार्डसँगै एनिमेसन स्टुडियो ‘पिक्सार’को यो विधामा दसौं अवार्ड भएको छ । (नवभारत टाइम्स)

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १४:२७
प्रतिक्रिया दिनुहोस्