site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जिल्लाभरि फोरजी सेवा विस्तार

डोटी । नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ । 

उच्च गतिको इन्टरनेट सेवा अर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब अन्तिम चरणमा पुगेको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा केही हप्ता पहिले फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले पछिल्लो समय जिल्लाभरिमा विस्तार गर्न लागेको हो । 

फोरजी सेवा विस्तारका लागि नेपाल टेलिकमको राजपुर कार्यालयले जिल्लाका विभिन्न स्थानमा राखिएका टेलिकमका बिटिएस टावरमा फोरजी सेवाका उपकरण जडानको कामलाई तीव्रता दिएको छ ।

जिल्लाभरिमा फोरजी सेवा विस्तारका लागि टेलिकमले बिटिएस टावर जडान गर्न थालेको छ । यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिकाका विभिन्न स्थानमा पहिलो चरणमा फोरजी एर्लटी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार उक्त गाउँपालिकाको रावतकट्टे, सिलिङ्गीबाग, भाडी, गड्सेरा, खतेडालगायतका ठाउँमा एकैसाथ उक्त सेवा सुचारु गरिएको हो । 

टेलिकमले यसअघि बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा सञ्चालन गरे पनि पछिल्लो समय जिल्लामा सबै स्थानीयतहमा यो सेवा विस्तार गरिरहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए । उनले भने, “हामीले जिल्लाका सहरी क्षेत्रसँगै स्थानीय तहमा पनि फोरजी सेवा विस्तार गरिरहेका छौँ, क्रमिक रुपमा जिल्लाभरिमै फोरजी सेवा विस्तार हुनेछ ।” टेलिकमले पहिलो चरणमा जिल्लाको जोरायल गाउँपालिकाको प्रमुख स्थानमा फोरजी सेवा सुरु गरेपछि अहिले त्यहाँका बासिन्दा खुसी भएको स्थानीय चित्रराज भट्टले बताए । अन्य इन्टरनेटभन्दा फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले अनुमान गरेको छ । 

यो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायत सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको प्राविधिक इन्द्रबहादुर कठायतले बताए । जिल्लाका पिपल्ला, राजपुर, सिलगढी, कुल्पातेमा टेलिकमले दसैंअगाडि फोरजी सेवा विस्तार गरे पनि जोरायलमा भने अहिले विस्तार गरेको हो । त्यस्तै टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा फोरजी सेवा विस्तारको लागि तयारी गरिरहेको जनाएको छ । 

सुदूरपश्चिममा अन्य पहाडी जिल्लाका मुख्य सहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडान हुने कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए । अन्य इन्टरनेट सेवाभन्दा फोरजी छिटो र छरितो भएकाले यसको सेवा शुल्कमा केही वृद्धि हुनसक्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । गाउँपालिकामा फोरजी सेवा विस्तार भएपछि अहिले गाउँपालिकामा भएका सूचनालगायत समाचारमूलक खबर आदान-प्रदान गर्न निकै सहुलियत भएको जोरायल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर खत्रीले बताए । -रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro