site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तुर्कमेनिस्तानका राष्ट्रपतिद्वारा छोरालाई शक्तिशाली मन्त्रालय
SkywellSkywell

अस्गाबाट । ग्यासको धनी राष्ट्र तुर्कमेनिस्तानका वर्तमान राष्ट्रपतिले आफ्ना छोरालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

राष्ट्रपति गुर्बान्गुली बेर्डीमुखामेडोभले आफ्नो छोरालाई उद्योग र निर्माण मन्त्रीको रुपमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

Dabur Nepal
NIC Asia

तुर्कमेनिस्तानको राज्यद्वारा सञ्चालित सञ्‍चारमाध्यमले शनिबार दिएको जानकारी अनुसार देशको धेरै रकमका परियोजनाहरुलाई हेर्ने गरी उहाँले छोरालाई मन्त्री बनाएका हुन् ।

राज्यले प्रकाशन गर्ने गरेको पत्रिका नेचुरल तुर्कमेनिस्तानले ३८ बर्षिय छोरा सेर्डर बेर्डीमुखामेडोभलाई मन्त्रीका रुपमा नियुक्त गरिएको सम्बन्धी पत्र पनि प्रकाशित गरेको छ ।

उद्योग तथा निर्माण मन्त्रीले हवाई, स्थल र जल यातायातसँगै सञ्चार लगायतको क्षेत्र पनि हेर्ने जनाइएको छ ।  

राष्ट्रपति पुत्र बेर्डीमुखामेडेभलाई राष्ट्रपतिले आफ्को सशक्त उत्तराधिकारीको रुपमा अगाडि बढाएका छन् । उनले तुर्कमेनिस्तानमा विपक्षी, स्वतन्त्र संवैधानिक निकाय र प्रेस स्वतन्त्रता नभएको राजनीतिक प्रणाली चलाएका छन् । - एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  २३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu