site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शैलीमा बालबालिका र नाटकसम्बन्धी ‘शैली संवाद’
Sarbottam CementSarbottam Cement


काठमाडौं । ११ औं बाल नाटक महोत्सवको तेस्रो दिन शुक्रबार ‘शैली संवाद’ नामक बालबालिका र नाटकसम्बन्धी छलफल कार्यक्रम रहेको छ । 

रातोपुलस्थित शैली थिएटरमा बिहान ११ बजे ‘नाटकमा बालबालिका’ विषयमा  रंगकर्मी लुनिभा तुलाधर, पशुपति राई, अशोक थापा र विजय विस्फोट बहस कार्यक्रममा बोल्दै छन् । 

त्यस्तै १२ः३० बजे ‘बालनाटक महोत्सवः अनुभव र अवसर’ विषयमा रंगकर्मीहरूले अनुभव सेयर गर्नेछन् । जसमा नवराज बुढाथोकी, केदार श्रेष्ठ, सशांक बोहरा र वाक्य बरालले आ–आफ्नो अनुभव र अवसर सुनाउने छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भने अन्तिम छलफल ‘नाटक र बालअधिकार’ विषयमा रहेको छ, जसका वक्ताहरू कविता राज्य शाह, सुवास सुवेदी, अशोक शिवाकोटी र कुमार अधिकारी रहेका छन् । 

Global Ime bank

आज कुनै नाटक मञ्चन हुने छैन । बहस कार्यक्रमका साथै विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा कविता वाचन कार्यक्रम रहेको छ ।

शैली थिएटर, रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको यस आठ दिने महोत्सवको नाटक मञ्चन कार्यक्रम भने कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमै हुनेछ ।

विभिन्न विद्यालयका बालबालिकाको १७ वटा प्रतिस्पर्धात्मक नाटक मञ्चन हुने कार्यक्रममा दोस्रोदिन बिहीबार ३ नाटक प्रस्तुत भइसकेका छन् । बाँकी नाटक शनिबारबाट पुनः रुसी सांस्कृतिक केन्द्रमै प्रस्तुत हुनेछन् ।

प्रतियोगितात्मक नाटकमध्ये उत्कृष्ट अभिनमा २ जना, उत्कृष्ट निर्देशनमा २ जना र उत्कृष्ट २ नाटक गरी जम्मा ६ जनालाई प्रोत्साहनसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ ।

शैलीका अध्यक्ष तथा निर्देशक नवराज बुथाढोकीका अनुसार बालबालिकालाई नाटकमा रुची पैदा गर्नका लागि यस किसिमको छलफलको आवश्यकता रहेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय