site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
७३ प्रतिशत नेपाली परिवारसँग छ स्मार्टफोन, कति छन् कम्प्युटरदेखि गाडीसम्मका साधन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले बिलासीताका वस्तु बढी प्रयोगमा आएको भन्दै पटक पटक यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै र खोल्दै आएको छ ।  सरकार कहिले ६ सय अमेरिकी डलरभन्दा महंगा मोबाइलको आयातमा रोक लगाउँछ छ त कहिले ३२ इन्चभन्दा माथिका टीभी सेटको आयातमा । 

कुनैबेला २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा पनि रोक लगाइएको थियो ।  आयातित सुविधाका वस्तु बढी प्रयोग गर्दा ठूलो रकम विदेशिएको बुझाइ सरकारको थियो ।  यसले देशको अर्थतन्त्रमा असर गरेको निष्कर्ष निकाल्दै सरकारले पटकपटक यस्ता वस्तुको आयातमा रोक लगाउने र खोल्ने कार्य गर्दै आएको छ । 

के सरकारले भनेझैँ नेपाली जनताले घरायसी सेवा तथा सुविधाका वस्तु धेरै प्रयोग गर्न थालेकै हुन् त ? यसको जवाफ लिएर आएको छ राष्ट्रिय तथ्याङ्क कार्यालय ।  कार्यालयले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८ जनसाङ्ख्यिक सूचक’ मा नेपाली जनताको घरायसी सेवा/सुविधामा पहुँच तथा प्रयोग के कस्तो छ भन्ने देखाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जनसाङ्ख्यिक सूचकमा रेडियो, टेलिभिजन, ल्यान्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्युटर/ल्यापटप, इन्टरनेट, कार/जिप/भ्यान, मोटरसाइकल/स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजेरेटर, वासिङमेसिन र एयर कन्डिसनरमध्ये कम्तीमा एक सुविधा ९६.१२ प्रतिशत नेपाली परिवारसँग रहेको उल्लेख गरिएको छ । 

रेडियो 
रेडियोको सुविधा नेपालका ३४.२३ प्रतिशत परिवारसँग रहेको जनसाङ्ख्यिक सूचकमा देखाइएको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी रेडियो सुविधा कर्णाली प्रदेशका ४२.६० प्रतिशत परिवारसँग रहेको छ । 

Global Ime bank

सबैभन्दा कम रेडियो सुविधा भएका परिवार मधेस प्रदेशमा छन् । मधेस प्रदेशका २२.१८ प्रतिशतसँग मात्र रेडियो सुविधा रहेको छ । 

जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ३७.२० प्रतिशत, बामगती प्रदेशका ३४.३६ प्रतिशत, गण्डकी प्रदेशका ३६.६८ प्रतिशत, लुम्बिनी प्रदेशका ३३.७८ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ४२.६० प्रतिशत परिवारसँग रेडियो सुविधा रहेको छ । 

टेलिभिजन

नेपालका ४९.४१ प्रतिशत परिवारसँग टेलिभिजनको सुविधा रहेको जनसाङ्ख्यिक सूचकले देखाउँछ । प्रदेशगत हेर्दा सबैभन्दा टेलिभिजन सुविधा हुने परिवार बागमती प्रदेशमा रहेका छन् बागमती प्रदेशका ६१.९९ प्रतिशत परिवारसँग टेलिभिजन सुविधा रहेको छ । 

सबैभन्दा कम टेलिभिजन सुविधा हुने परिवार कर्णाली प्रदेशमा रहेका छन् । कर्णाली प्रदेशका १७.६४ प्रतिशत परिवारसँग टेलिभिजन सुविधा रहेको छ । 

यस्तै, जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ५४.५५ प्रतिशत, मधेस प्रदेशका ४३.६२ प्रतिशत, गण्डकी प्रदेशका ५९.६३ प्रतिशत, लुम्बिनी प्रदेशका ४६.९६ प्रतशत र सुदूरपश्चिम प्रदेशका २९.५० प्रतिशत परिवारसँग टेलिभिजन सुविधा रहेको छ  ।

ल्यान्डलाइन टेलिफोन 
जनसाङ्ख्यिक सूचकमा नेपालका ४.५३ प्रतिशत परिवारसँग ल्याण्डलाइन टेलिफोन सुविधा रहेको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी ल्याण्डलाइन टेलिफोन सुविधा हुने परिवार बामगती प्रदेशमा छन् । बामगतीका १०.१३ प्रतिशत परिवारसँग ल्याण्डलाइन टेलिफोन सुविधा छ । 

सबैभन्दा कम ल्याण्डलाइन टेलिफोन सुविधा भएको परिवार मधेश प्रदेशमा छन् । मधेस प्रदेशका १.६४ प्रतिशत परिवारसँग मात्र ल्याण्डलाइन टेलिफोन सुविधा छ । 

यस्तै, जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ३.०८ प्रतिशत, गण्डकी प्रदेशका ५.१७ प्रतिशत, लुम्बिनी प्रदेशका २.९६ प्रतिशत, कर्णाली प्रदेशका १.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशका २.१५ प्रतिशत परिवारसँग ल्याण्डलाइन टेलिफोन रहेको छ । 

साधारण मोबाइल फोन

नेपालका ७३.२१ प्रतिशत परिवारसँग साधारण मोबाइल फोन रहेको जनसाङ्ख्यिक सूचकमा देखाइएको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी साधारण मोबाइल फोन भएका परिवार कर्णाली प्रदेशमा छन् । कर्णाली प्रदेशका ८२.२३ प्रतिशत परिवारसँग साधारण मोबाइल फोन छ । 

यस्तै, साधारण मोबाइल फोन सबैभन्दा कम भएको परिवारको संख्या बागमती प्रदेशमा छ । बागमतीका ६८.१६ प्रतिशत परिवारसँग मात्र साधारण मोबाइल फोन छ । 

जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ७२.५७ प्रतिशत, मधेस प्रदेशका ७४.७८ प्रतिशत, गण्डकी प्रदेशका ७१.१२ प्रतिशत, लुम्बिनी प्रदेशका ७४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७९.०८ प्रतिशत परिवारसँग साधारण मोबाइल रहेको छ । 

स्मार्ट मोबाइल फोन 

जनसाङ्ख्यिक सूचकले नेपालका ७३.०१ प्रतिशत परिवारसँग स्मार्ट फोन रहेको देखाएको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी स्मार्ट मोबाइल फोन बोक्ने परिवार बागमती प्रदेशमा छन् । बागमतीका ८०.०२ प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन सुविधा छ । 

स्मार्ट मोबाइल फोन बोक्ने सबैभन्दा कम परिवार कर्णाली प्रदेशमा छन् । कर्णाली प्रदेशका ५८.४० प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन छ । 

यस्तै, कोशी प्रदेशका ७४.२२ प्रतिशत, मधेस प्रदेशका ६६.८५ प्रतिशत, गण्डकी प्रदेशका ७७.७९ प्रतिशत, लुम्बिनी प्रदेशका ७५.४८ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ६२.६६ प्रतिशत परिवारसँग स्माटे मोबाइल फोन सुविधा रहेको छ । 

साधारण वा स्मार्ट मोबाइल फोन 

जनसाङ्ख्यिक सूचकअनुसार नेपालका ९३.२२ प्रतिशत परिवारसँग साधारण वा स्मार्ट मोबाइल फोन रहेको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी साधारण वा स्मार्ट मोबाइल फोन सुविधा भएका परिवार गण्डकी प्रदेशमा छन् । गण्डकीका ९५.४१ प्रतिशत परिवारसँग साधारण वा स्मार्ट मोबाइल फोन सुविधा रहेको छ ।

सबैभन्दा कम साधारण वा स्मार्ट मोबाइल फोन सुविधा हुने परिवार कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशका ८९.९२ प्रतिशत परिवारसँग साधारण वा स्मार्ट मोबाइल फोन सुविधा छ । 

कोशी प्रदेशका ९३.५१ प्रतिशत, मधेश प्रदेशका ९०.८५ प्रतिशत, बागमती प्रदेशका ९५.०५ प्रतिशत, लुम्बिनी प्रदेशका ९३.५० प्रतिशत र सुदूरपश्चिम प्रदेशका ९१.३४ प्रतिशत परिवारसँग साधारण वा स्मार्ट मोबाइल फोन सुविधा रहेको छ । 

कम्प्युटर/ल्यापटप

नेपालका १४.९९ प्रतिशत परिवारसँग कम्युटर÷ल्यापटप रहेको छ । प्रदेशगत हेदा सबैभन्दा बढी कम्युटर÷ल्यापटप हुने परिवार बागमती प्रदेशमा छन् । बागमतीका ३०.२६ प्रतिशत परिवारसँग कम्युटर÷ल्यापटप सुविधा रहेको छ । 

नेपालका सात प्रदेशमध्ये कम्प्युटर÷ल्यापटप हुने सबैभन्दा सानो संख्यामा परिवार कर्णाली प्रदेशमा छन् । कर्णाली प्रदेशका ५.५९ प्रतिशत परिवारसँग मात्र कम्प्युटर/ल्यापटप सुविधा छ ।

जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ११.८१ प्रतिशत, मधेस प्रदेशका ७.८५ प्रतिशत, गण्डकी प्रदेशका १६.१९ प्रतिशत, लुम्बिनी प्रदेशका ११.१४ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ६.५९ प्रतिशत परिवारसँग कम्प्युटर/ल्यापटप रहेको छ ।

इन्टरनेट

जनसाङ्ख्यिक सूचकमा नेपालका ३७.७५ प्रतिशत परिवारसँग इन्टरनेट सुविधा रहेको देखाइएको छ । प्रदेशगत हेर्दा सबैभन्दा इन्टरनेट सुविधा भएका परिवार बागमती प्रदेशमा छन् । बागमतीका ५५.१६ प्रतिशत परिवारसँग इन्टरनेट सुविधा छ । 

सबैभन्दा कम इन्टरनेट सुविधा हुने परिवार कर्णाली प्रदेशमा छन् । कर्णालीका २०.२८ प्रतिशत परिवारसँग मात्र इन्टरनेट सुविधा रहेको छ ।

यस्तै, कोशी प्रदेशका ३८.१२ प्रतिशत, मधेस प्रदेशका २१.४५ प्रतिशत, गण्डकी प्रदेशका ४७.९१ प्रतिशत, लुम्बिनी प्रदेशका ३६.०१ प्रतिशत र सुदूरपश्चिम प्रदेशका २५.२२ प्रतिशत परिवारसँग इन्टरनेट सुविधा छ ।

कार/जिप/भ्यान 

जनसाङ्ख्यिक सूचकअनुसार नेपालका ३.०८ परिवारसँग कार/जिप/भ्यानको सुविधा छ । प्रदेशगत हेर्दा कार/जिप/भ्यान हुने सबैभन्दा बढी परिवार बागमती प्रदेशमा रहेको छ । बागमतीका ६.३७ प्रतिशत परिवारसँग कार/जिप/भ्यान रहेको छ । 

सबैभन्दा कम कार/जिप/भ्यान हुने परिवार कर्णाली प्रदेशमा छन् । कर्णालीका ०.८३ प्रतिशत परिवारसँग मात्र कार/जिप/भ्यान सुविधा रहेको छ । 


यस्तै, कोशी प्रदेशका २.१८ प्रतिशत, मधेस प्रदेशका १.४४ प्रतिशत, गण्डकी प्रदेशका ३.६४ प्रतिशत, लुम्बिनी प्रदेशका २.५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशका १.१३ प्रतिशत परिवारसँग कार/जिप/भ्यान सुविधा छ ।

मोटरसाइकल/स्कुटर 
नेपालका २७.२७ प्रतिशत परिवारसँग मोटरसाइकल/स्कुटरको सुविधा छ । सबैभन्दा बढी मोटरसाइकल/स्कुटर हुने परिवार बागमती प्रदेशमा छन् । बागमती प्रदेशका ३५.७६ प्रतिशत परिवारसँग मोटरसाइकल÷स्कुटर छन् । 
मोटरसाइकल/स्कुटर हुने सबैभन्दा सानो संख्यामा परिवार कर्णाली प्रदेशमा रहेको देखिन्छ । कर्णालीका ६.६९ प्रतिशत परिवारसँग मोटरसाइकल/स्कुटर सुविधा छ ।

कोशी प्रदेशका २४.७७ प्रतिशत, मधेस प्रदेशका ३४.१२ प्रतिशत, गण्डकी प्रदेशको २४.२० प्रतिशत, लुम्बिनी प्रदेशको २५.५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १५.५९ प्रतिशत परिवारसँग मोटरसाइकल/स्कुटर सुविधा रहेको छ । 
साइकल 
नेपालको कुलमध्ये ३५.२४ प्रतिशत परिवारसँग साइकल रहेको छ । प्रदेशगत हेर्दा साइकल हुने सबैभन्दा ठूलो संख्यामा परिवार मधेस प्रदेशमा छन् । मधेसका ६७.४१ प्रतिशत परिवारसँग साइकल रहेको छ । 

साइकल सबैभन्दा कम हुने परिवार कर्णाली प्रदेशमा छन् । कर्णालीका १.८० प्रतिशत परिवारसँग मात्र साइकल रहेको छ ।

जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ४०.८१ प्रतिशत, बागमती प्रदेशका १५.४६ प्रतिशत, गण्डकी प्रदेशका १३.५५ प्रतिशत, लुम्बिनी प्रदेशका ४६.१० प्रतिशत र सुदूरपश्चिम प्रदेशका ३७.६५ प्रतिशत परिवारसँग साइकल रहेको छ । 

विद्युतीय पंखा 

नेपालको ५३.०८ प्रतिशत परिवारसँग विद्युतीय पंखा रहेको छ । सबैभन्दा बढी विद्युतीय पंखा हुने परिवार मधेस प्रदेशमा रहेका छन् । मधेसका ७८.८५ प्रतिशत परिवारसँग विद्युतीय पंखा रहेको छ ।

विद्युतीय पंखा हुने सबैभन्दा सानो संख्यामा परिवार कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशका १२.३७ परिवारसँग विद्युतीय पंखाको सुविधा रहेको छ ।

जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ५५.८६ प्रतिशत, बागमती प्रदेशका ४१.७६ प्रतिशत, गण्डकी प्रदेशका ४४.५७ प्रतिशत, लुम्बिनी प्रदेशका ५९.९५ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ४८.४२ प्रतिशतसँग विद्युतीय पंखा रहेको छ । 

रेफ्रिजेरेटर 

नेपालका २३.६८ प्रतिशत परिवारसँग रेफ्रिजेरेटर सुविधा रहेको छ । सबैभन्दा बढी रेफ्रिजेरेटर सुविधा भएका परिवार बागमती प्रदेशमा छन् । बागमतीका ३६.६१ प्रतिशत परिवारसँग रेफ्रिजेरेटर रहेको छ । 

सबैभन्दा कम रेफ्रिजेरेटर हुने परिवार कर्णाली प्रदेशमा छन् । कर्णालीका मात्र ४.६८ प्रतिशत परिवारसँग रेफ्रिजेरेटर सुविधा छ । 

जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका २५.७७ प्रतिशत, मधेस प्रदेशका १०.८७ प्रतिशत, गण्डकी प्रदेशका ३१.६१ प्रतिशत, लुम्बिनी प्रदेशका २४.३५ प्रतिशत र सुदूरपश्चिम प्रदेशका १२.१८ प्रतिशत परिवारसँग रेफ्रिजेरेटर सुविधा रहेको छ । 

वासिङ मेसिन 

नेपालका ४.२० प्रतिशत परिवारसँग वासिङमेसिन रहेको छ । प्रदेशगत हेर्दा वासिङमेसिन हुने सबैभन्दा ठूलो संख्यामा परिवार बामगती प्रदेशमा छन् । बागमती प्रदेशका १०.८५ प्रतिशतसँग वासिङमेसिन रहेको छ । 

वासिङमेसिन सबैभन्दा कम हुने परिवार कर्णाली प्रदेशमा छन् । कर्णाली प्रदेशका ०.२८ प्रतिशत परिवारसँग मात्र वासिङमेसिन रहेको छ । 

जनसाङ्ख्यिक सूचकअनुसार कोशीका २.४५ प्रतिशत, मधेस प्रदेसका १.३२ प्रतिशत, गण्डकी प्रदेशका ४.५७ प्रतिशत, लुम्बिनी प्रदेशका २.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ०.४७ प्रतिशत परिवारसँग वासिङमेसिनको सुविधा छ ।

एयर कन्डिसन

नेपालका ०.८५ प्रतिशत परिवारसँग मात्र एयर कन्डिसन सुविधा रहेको छ । प्रदेशगत हेर्दा एयर कन्डिसन सुविधा हुने सबैभन्दा बढी परिवार बागमती प्रदेशमा छन् । बागमतीका १.४१ प्रतिशत परिवारसँग एयर कन्डिसन सुविधा छ । 
एयर कन्डिसन सुविधा हुने सबैभन्दा सानो संख्यामा परिवार कर्णाली प्रदेशमा रहेको छ । कर्णालीका ०.०८ प्रतिशत परिवारसँग मात्र एयर किन्डसन सुविधा छ । 

जनसाङ्ख्यिक सूचकअनुसार कोशी प्रदेशका ०.७९ प्रतिशत, मधेस प्रदेसका ०.५४ प्रतिशत, गण्डकी प्रदेशका ०.४९ प्रतिशत, लुम्बिनी प्रदेशका १.१७ प्रतिशत र सुदूरपश्चिम प्रदेशका ०.३२ प्रतिशत परिवारसँग एयर कन्डिसन सुविधा रहेको छ । 
 
 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय