काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र वितेजा ग्राहक सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले विजेता सार्वजनिक गरेको हो । साइमेक्स इंकले ‘नेपाली अब युरो कपमा’ योजनाअन्तर्गत ११ जना विजेता ग्राहकले ‘यूईएफए युरो २०२४’ लाइभ हेर्न पाउने योजना ल्याएको थियो ।
गत फेब्रुअरीदेखि मे ५ सम्म बीवाईडीको गाडी खरिद तथा बुकिङ गर्ने ग्राहकमध्ये ११ जनाले लक्की ड्र अथवा चिठ्ठामार्फत् यो अफर जितेका हुन् । कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यले चिठ्ठा निकालेका थिए । दुई बक्सामा करिब ८०० ग्राहकको नामसहितको चिठ्ठामध्ये ११ जना छानिएका हुन् ।
यसअघि बिवाइडी कस्टमर कार्निभलमा जयराम न्यौपानेले पनि यो अवसर हात पारिसकेको कम्पनीले जनाएको छ ।
शुक्रबार विजेता बन्न सफल हुने पहिलो चरणमा शास्वत गौतम ४०७, श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ ०७४, बिजेन्द्र शाक्य ०८८ , कबिनराज श्रेष्ठ ३७३ र दिनेश प्याठा ०२६ रहेका छन् ।
यस्तै दोस्रो चरणका बिजेतामा गणेश कँडेल ६६२, डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना ६५३, प्रदीप पौडेल ६८२, सगरमाथा टेलिभिजन र बिमल गुरुङ १६२, जयप्रकाश दास ६९१ र सजिना पाण्डेय २०० रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नामको पछाडि रहेको कोड नम्बरका आधारमा विजेताले आफु हो भनेर थाहा पाउनसक्छ ।
यी विजेता बीवाईडीका ग्राहकले जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुने यूईएफए युरोकप २०२४ का खेलहरू त्यहीँ गएर हेर्न पाउने भएका हुन् ।
विश्वको प्रमुख न्यू इनर्जी भेहिकल (एनईभी–ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक ईमोबिलिटी पार्टनर समेत रहेको छ ।