site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिंहदरबारदेखि प्रहरीले पिछा गर्दै गरेको त्यो शंकास्पद कार जब मालिगाउँ पुग्यो...

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति अवैध हुन्डीको ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा रुपन्देही सियारी–७, का २८ वर्षीय समिर सुनार र रुपन्देहीकै २९ वर्षीय मिलन विक छन् । उनीहरूलाई कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीलाई बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट कारभित्र शंकास्पद रकम र अवैध सुन समेत रहेको सूचना पुगेको थियो । उक्त सूचना पाएलगत्तै उपत्यका प्रहरी कार्यालयको टोली उक्त कारको खोजीमा लाग्यो ।

कार सिंहदरबार दक्षिणगेट हुँदै हनुमानथान तिर जाँदै थियो । प्रहरीको टोलीले उक्त कारलाई पिछा गर्दै गयो । कार समिर सुनारले चलाएका थिए ।

Dabur Nepal
NIC Asia

cartoon-1715328587.jpg
 

ड्राइभरको सिटसँगैको अगाडिको सिटमा मिलन विक थिए । पछाडिको सिटभरि कार्टुन राखिएको थियो । तर, प्रहरीले कारलाई बाटोमै रोकेर जाँच गर्ने हिम्मत गरेन । जब कार मालिगाउँ पुग्यो । प्रहरीको टोलीले कार रोक्न लगाएर प्रहरी वृत्त मालिगाउँभित्र छिराउन आग्रह गरे ।

प्रहरी कार्यालयभित्र पुगेपछि उपत्यका प्रहरी कार्यालयको टोलीले कारभित्र खानतलासी गर्‍यो । सोही क्रममा प्रहरीले कारभित्र कार्टुनमा प्याक गरेर राखिएको अवैध ९८ लाख रुपैयाँ बरामद गरेको हो । अवैध रकमसहित पक्राउ परेका मिलन र समिरमाथि अनुसन्धान गर्दै जाँदा मिलन सुन तस्करीमा समेत संलग्न रहेको खुलेको हो ।

paisa-1715328127.JPG
 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र दोलखा प्रहरीले गएको असोजमा दोलखाको बिगु गाउँपालिका–१, बाट बरामद गरेको ११ किलो सुन तस्करी प्रकरणमा उनको संलग्नता खुलेको थियो । चीनबाट सुन तस्करीका लागि हुण्डीबाट र क्रिप्टोमार्फत् मिलनले रकम पठाउने काम गर्ने गरेका थिए । त्यस्तै समिर समेत सुन तस्करीमै संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मिलन र समिरलाई उपत्यका प्रहरी कार्यालयको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं टेकु पठाइएको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro