site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आधाभन्दा बढी भारतीय सेना माल्दिभ्सबाट फिर्ता, आज अन्तिम ‘डेडलाइन’
Sarbottam CementSarbottam Cement

माले । भारतले माल्दिभ्सबाट आधाभन्दा बढी सेना आजको डेडलाइन अघि नै फिर्ता गरेको छ ।  

गत वर्ष माल्दिभ्समा चीन निकटस्थ राष्ट्रपति मोहम्मद मुइजु राष्ट्रपति पदमा निर्वाचित भएपछि भारतीय सेना माल्दिभ्सबाट हटाउने प्रतिबद्धता जनाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले चुनावी नारा नै यही बनाएका थिए । सोही नारामा उनको पार्टीले यसपालि संसदीय निर्वाचनमा पनि दुई तिहाई मत ल्याएको थियो । राष्ट्रपति मुइजुका प्रवक्ता हिना वालिडले गएको सोमबार सम्ममै ५१ जना भारतीय सेना फिर्ता भइसकेका छन् । 

उनले आज शुक्रबार सम्ममा सबै भारतीय सेना फिर्ता हुने जनाएकी छन् । माल्दिभ्समा जम्मा ८९ जना भारतीय सैनिक रहेको बताइएको थियो । हिजोदेखि भारतको भ्रमणमा रहेका माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरले भारत र माल्दिभ्सको रक्षा सम्बन्ध मिलिटरी पर्सनल बिना नै अब अघि बढ्ने बताएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय