site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृषि विकास र प्रभु बैंकको नाफामा निस्क्रिय कर्जाको प्रभाव, ६ महिनामा कसले कति कमाए ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कृषि विकास बैंक र प्रभु बैंकले चालु वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । मंलगबार प्रकाशित अपरिस्कृत विवरणअनुसार कृषि विकास बैंकले अघिल्लो वर्षको यही अवधिभन्दा २२ दशमलब ८ प्रतिशत बढी नाफा गरेको छ भने प्रभुले ४ दशमलब २३ प्रतिशत नाफा बढाएको हो ।

कृषि विकास बैंक


कृषि विकास बैंकले ६ महिनामा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको यही अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख नाफा कमाएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वित्तीय परिसूचकअनुसार बैंकको निस्क्रिय कर्जामा सुधार गर्दा नाफा गरेको देखिन्छ । विवरणअनुसार बैंकको ब्याज आम्दानी घटे पनि सञ्चालन मुनाफा बढेको छ । यसमा खराब कर्जा घट्दा नाफामा टेवा पुगेको हो ।

६ महिनामा बैंकको ब्याज आम्दानीमा अघिलो आवभन्दा ९ दशमलब २५ प्रतिशतले कमी आएर ३ अर्ब १७ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । सञ्चालन मुनाफा भने १६ दशमलब शून्य ८ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

Royal Enfield Island Ad

समीक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा ४ दशमलब ५ प्रतिशतबाट घटेर ३ दशमलब ९१ प्रतिशतमा पुगेको छ ।

बैंकले यस अवधिसम्म १ खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरेर १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको नाफा बढसँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार सुधार भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ रुपैयाँ ९६ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी चालु वर्षको सोही अवधिमा ६ रुपैयाँ ५१ पैसा बढेर ३१ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

प्रभु बैंक


प्रभु विकास बैंकले ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको यही अवधिमा बैंकले १ अर्ब ४ करोड १७ लाख नाफा कमाएको थियो ।

वित्तीय परिसूचकअनुसार बैंकको निस्क्रिय कर्जामा बढ्दा नाफा उल्लेखनीय मात्राले नबढेको देखिन्छ । विवरणअनुसार बैंकको ब्याज आम्दानी १४ र सञचालन मुनाफा १२ प्रतिशतले बढेको छ ।

६ महिनामा बैंकको ब्याज आम्दानीमा अघिलो आवभन्दा १४ दशमलब १२ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा पनि १२ दशमलब ९४ प्रतिशतले सुधारिएर १ अर्ब ५० करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा २ दशमलब ४७ प्रतिशतबाट बढेर ३ दशमलब १२ प्रतिशतमा पुगेको छ ।

बैंकले यस अवधिसम्म १ खर्ब १५ अर्ब ५० करोड निक्षेप संकलन गरेर ८४ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ रुपैयाँ ७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी चालु वर्षको सोही अवधिमा ६ रुपैयाँ ९५ पैसा घटेर २२ रुपैयाँ १२ पैसा कायम भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro