site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 वामदेवलाई किन उपाध्यक्ष बनाउने ?
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा वामदेव गौतमलाई मात्रै उपाध्यक्ष बनाउन विधान संशोधन गर्न नहुने मत सदस्यहरूले राखेका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलमा भाग लिँदै नेताहरूले केन्द्रमा मात्रै उपाध्यक्ष पद सिर्जना गर्न नहुने र अझ वामदेव गौतमलाई हेरेर पद सिर्जना नगर्न जोड दिएका हुन् ।

“व्यक्ति विशेषलाई  हेरेर पद सिर्जना गर्न मिल्दैन । पद सिर्जना गर्ने नै हो भने केन्द्रमा मात्रै होइन प्रदेश, जिल्लादेखि वडा तहका कमिटीसम्म उपाध्यक्ष पद सिर्जना गरौं,” चार नम्बर समूहमा उठेको कुरा एक केन्द्रीय सदस्यले बताए ।

KFC Island Ad
NIC Asia

चार नम्बर समूहका नेता रहेका जगन्नाथ खतिवडाले पनि सदस्यहरूले नेता विशेषका लागि मात्रै नभई बरु विधि बनाएर तलदेखि माथिसम्म, आवश्यकता र औचित्यका आधारमा पद सिर्जना गर्नुपर्ने आवाज उठाएको जानकारी दिए ।

राष्ट्रियसभा गृहका आठ समूहमध्ये अधिकांश समूहमा बैठकमा प्रस्तुत गरिएको विधान संशोधनमाथि प्रश्न उठाएको स्रोतको दाबी छ ।

Royal Enfield Island Ad

“वामदेवका लागिमात्रै उपाध्यक्ष पद सिर्जना गर्नु उहाँकै लागि लज्जाको कुरा हो,” स्रोतले छलफलमा उठेको कुरा बाह्रखरीलाई जानकारी दिँदै भन्यो, “त्यसो नगरौं । बरु, विधि बनाएर यसको निरुपण गरौं ।”

केन्द्रीय सदस्य झपट रावलले सचिवालयको संख्या बढाउन पनि सदस्यहरूले जोड दिएको बताए ।

“मौजुदा सचिवालय समावेशी छैन । सबै जाति, क्षेत्र, भूगोलको पनि प्रतिनिधित्व छैन । अहिले निश्चित भूगोल, एउटामात्रै समूदायको अनुहार देखिन्छ । सबै क्षेत्रको साझा अनुहार प्रतिबिम्बित हुनेगरी सदस्यको संख्या बढाएर १५ पुर्‍याउनुपर्छ । पार्टी बहुपदीयमा जानुपर्छ । दोहोरो, तेहेरो जिम्मेवारी लिने परिपाटीको अन्त्य हुनुपर्छ । एक व्यक्ति, एक पद लागु हुनुपर्छ भनेर सदस्यहरूले आवाज उठाउनुभएको छ,” उनले भने ।

यसअघि स्थायी कमिटी बैठकमा पम्फा भुसाल र अष्टलक्ष्मी शाक्यले पनि सचिवालयको संख्या बढाउन माग गरेका थिए । महिला सदस्य थपेर १५ पुर्‍याउनुपर्ने उनीहरूको जोड थियो ।

केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलमा भाग लिने सदस्यहरूको मत पनि यही रहेको उनको भनाइ थियो ।

एमसीसी पास नगरौं

राष्ट्रियसभा गृहमा समूहगत छलफलमा भाग लिएका अधिकांश सदस्यहरू अमेरिकी सहयोग नियोगअन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाको विपक्षमा रहेको रावल बताउँछन् ।

“अहिलेकै शर्त स्वीकार गरेर एमसीसी पास गर्नुहुँदैन भन्ने नै धारणा रहेको छ । मैले अरू समूहमा रहेको सदस्यहरूको पनि मत बुझेँ, उहाँहरूको धारणा पनि त्यही थियो,” रावलले बाह्रखरीसँगको कुराकानीमा भने ।

समूह नेतासमेत रहेका जगन्नाथले पनि बिहीबारको छलफलमा भाग लिएका सदस्यहरूको साझा धारणा त्यही रहेको उनले बताए ।

“प्रधानमन्त्रीज्यूले एमसीसीको अँध्यारो पाटो नछोइ उज्यालो पाटोको मात्रै चर्चा गर्नुभयो । उहाँले सम्झौताको शब्दमा जानुभयो, भावनामा जानुभएन । हाम्रो समूहले निष्कर्ष त निकालिसकेको छैन तर साझा धारणा यही रहेको छ,” खतिवडाको भनाइ छ ।

बैठकमा एमसीसीको विपक्षमा मात्रै बहस भइरहेको छैन । पक्षमा पनि उत्तिकै मत छ ।

वागमती प्रदेशमा अर्थमन्त्रीसमेत रहेका कैलाश ढुंगेलले नेपालले वैदेशिक सहायताअन्तर्गत विभिन्न दातृ निकायबाट यसअघि पनि शर्तसहित अनुदान लिएको बताए ।

“हामीलाई सबैचिज चाहिन्छ फलानो चिजचाहिँ हुँदैन भन्ने क्रान्तिकारीताको के अर्थ ? मोही माग्ने हो भने ढुंग्रो देखाएरै माग्नुपर्छ । नेपालमा आईएमएफले लगानी गर्छ । एडीबीले लगानी गर्छ । सबैले लगानी गरेको छ, शर्तसहित लगानी गरेको छ । अरूचाहिँ लिने शर्त भएकाले एमसीसी नलिने भन्ने हुँदैन । शर्त नभएको अनुदान कसको हुन्छ ? भारतको एक्जिम बैंकको लगानी हामीले रोक्न सक्छौं ? पोखरा विमानस्थलमा हामीले ठेकेदार दिन सक्यौं ? पुँजी र प्रविधि नभई नाराले मुलुक चल्दैन । क्रान्तिकारिताको अर्थ छैन,” उनले भने ।

निर्वाचन खर्चिलो हुन थाल्यो, अब ठेकेदारले मात्रै चुनाव जित्छन्

केन्द्रीय कमिटी बैठकमा निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने पनि आवाज उठेको छ ।

अहिलेकै निर्वाचन प्रणालीअनुसार जाने हो भने खर्च गर्नेले मात्र चुनाव जित्न सक्ने र ठेकेदार, धनीलाई मात्रै टिकट दिनुपर्ने र न्यून आय भएकाहरूले चुनाव जित्नै नसक्ने भएकाले सुधारको खाँचो औंल्याइएको हो ।

“यही विधिअनुसार चुनाव गर्ने हो भने ठेकेदारको हातमा शासन सत्ता पुग्छ । चुनाव पनि उनीहरूले नै जित्छन्, बैठकमा यो चिन्ता पनि प्रकट भयो । विकल्पका रूपमा पूर्ण समानुपातिक विधिमा जाने हो कि भनेर पनि कुरा उठेको छ,” रावलको भनाइ छ ।

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro