site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनामा भरतपुर अस्पतालमा डेढलाख बिरामीले लिए ओपीडी सेवा

चितवन । केन्द्रीय अस्पतालको रुपमा परिचित भरतपुर अस्पतालमा चालु आर्थिक वर्षको ६ महिनामा एक लाख ५३ हजार ५०५ जनाले उपचार गरेका छन् । सो अवधिमा बिमित बिरामी ७४ हजार ६ सय १८ जना र अन्य बहिरंग विरामी ७८ हजार ८ सय ८७ जनाले उपचार गराएका हुन । 

अस्पतालमा सबैभन्दा बढी जनरल फिजिसियन विभागमा बढी उपचार भएको  छ भने सबैभन्दा कम न्यूरो सर्जरीका विभागमा उपचार भएको छ । सो अवधिमा जनरल फिजिसयनमा ५४ हजार ४ सय १७ जना बिरामीले उपचार गरेका छन भने १ हजार ४सय २८ जनाले न्यूरो सर्जरीमा उपचार गरेका छन् । 

यस्तै प्रसुती विभागमा १९ हजार ७ सय ७३ जना, अर्थोपेडिक विभागमा १८ हजार १सय १२ जना , बालरोग विभागमा १४ हजार ४ सय १६ विरामीले सेवा लिएका छन् । छालारोग विभागमा ११ हजार ८ सय ७४ जना,नाक,कान घांँटी विभागमा ११ हजार ३ सय २७ जनाले उपचार गराएका छन् । सर्जिकल विभागमा १० हजार ६ सय ४ , दन्त विभागमा ६ हजार ९ सय १० जना,  मानसिक रोग विभागमा २ हजार ७ सय १५ र २ हजार ७ सय १५ जनाले ड्रेसिङ सेवा लिएका छन् । 

२४ हजार बिरामीले लिए आकस्मिक सेवा 

६ महिनाको अवधिमा भरतपुर अस्पतालमा २४ हजार विरामीले आकस्मिक टिकट लिएर उपचार गरेका छन । यस्तै सो अवधिमा अस्पतालमा १७ हजार ३सय ४ जनाले भर्ना भएर उपचार गरेको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालमा सो अवधिमा २लाख ४२ हजार ५सय पटक प्रयोगशाला परीक्षण, २८ हजार ८ सय ८३ जनाको भिडीयो एक्सरे ,२८ हजार ७ सय ४४ जनाले एक्सरे, इइजी ७ हजार ३ सय ९० जनाले, २ हजार ९५ जनाले फिजियोथेरापी गराएका थिए ।

यस्तै  २ हजार २सय ६९ जनाले इको सेवा,सिटी स्क्यान १ हजार ६ सय ९४ जना, ६सय ७७ जनाले इन्डोस्कोपी ,नाक,कान घांँटीको इन्डोस्कोपी १ सय ८६ जनाले गरेका अस्पतालले जानकारी दिएको छ । प्रथम विन्दुको वीमा सुविधा यस अस्पतालमा भएकोले दैनिक वीमित विरामीकै अनुपातमा अन्य विरामी आउने गरेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro