खेल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय डर्बीमा एपीएफविरुद्ध पुलिस क्लबले जित निकालेको छ ।
सोमबार भएको खेलमा पुलिसले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन भोला सिलवालले एक मात्र निर्णायक गोल गरे । खेलको १३ औँ मिनेटमा उनले गरेको गोलले नै पुलिसलाई महत्त्वपूर्ण जित दिलाए ।
जितसँगै पुलिसले ९ खेलबाट १४ अंक जोडेको छ । पुलिस लिगको पाँचौं स्थानमा उक्लेको छ । पराजित एपीएफ ५ अंकसहित लिगको पुछारबाट दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६ १३:५७
प्रतिक्रिया दिनुहोस्