site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुष्ठरोग दिवस : चिया बेचेर कुष्ठप्रभावितलाई सहयोग

जनकपुर । ‘विभाष बाबा’ (विभाष लाभ) जनकपुर र आसपासको जिल्लासँगै भारतको विभिन्‍न प्रान्तमा पनि चर्चा पाएको नाम हो । शैक्षिक योग्यताको हिसाबले उनी चिकित्सामा एमबीबीएस गरेका हुन् । तर उनको नाम डाक्टरको रुपमा होइन, बरु वैद्य (तान्त्रिक) को रुपमा परिचित छ । बिहान सात बजेदेखि साँझ नौ बजेसम्म जनकपुरको देवी चोकस्थित उनको निवासमा अनुयायीहरुको भिड लागिरहेको हुन्छ । 

आइतबार तिनै विभाष बाबा जानकी चोकमा चिया बेचिरहेको भेटिए । चिया खान प्रमुख जिल्ला अधिकारीदेखि नगरका चर्चित व्यक्तित्वहरुको भिड लागिरहेको थियो । विभाष बाबालाई चियाको कप बाँड्न भ्याइ-नभ्याइ थियो । करिब दुई घण्टा चलेको उक्त चिया पसलबाट अढाइ सय कप चिया बिक्री भयो । चियाको मूल्य ३० रुपैयाँ लेखिएको मूल्यसूचि राखिए पनि एक कप चियाको ५० देखि ५०० रुपैयाँसम्म तिर्ने ग्राहकहरु पनि भेटिए ।

विभाष बाबाले यसरी चिया बेचेर आफ्नो सम्पति खडा गर्ने वा जीवनयापनको लागि नयाँ पेशा अंगालेको भने होइन । ६७ औं कुष्ठरोग दिवसको अवसरमा कुष्ठप्रभावित एक दम्पतिको लागि जीवनयापन गर्ने भरपर्दो आधार निर्माण गर्न कामख्या परिवार नेपालकातर्फबाट चिया बेच्ने कार्यक्रम आयोजना गरिएको थियो । विभाष बाबा कामख्या परिवार नेपालका अध्यक्ष हुन् । 

बारा, पचरौटा -४ निवासी सञ्‍जयप्रसाद यादव १६ वर्षदेखि कुष्ठप्रभावित छन् । हातमा कुष्ठको संक्रमण देखिएपछि आफ्नै परिवारबाट बहिष्करणमा परे उनी । सञ्‍जयकी श्रीमति पनि कुष्ठप्रभावित हुन् । उनीहरु कुष्ठ संक्रमित भएपछि घरमै अपहेलित भए । विवाहको लागि जोडी भेट्न पनि नसक्ने भएपछि बाँकी जीवन नै अन्धकारमा पर्ने भयो । त्यसैक्रममा धनुषास्थित लालगढ कुष्ठरोग सेवा केन्द्रले उनीहरुको भरपर्दो साथीको भूमिका निर्वाह गर्‍यो । 

उक्त केन्द्र मातहत रहेको सामाजिक आर्थिक पुनस्र्थापना केन्द्रकी प्रमुख ललिता लाभ भन्छिन्, ‘कुष्ठरोग पनि अन्य रोग वा बिरामीजस्तै समस्या हो । तर, नेपाली समाजमा कुष्ठप्रभावितलाई पापको फल भनेर परिवार र समाजमा अपहेलना गरिन्छ । संजय र रेखा पनि सोही आधारमा आफ्नै परिवारबाट वहिष्करणमा परेका हुन् ।’ जति भनेपनि उनीहरुलाई परिवारका अन्य सदस्यजस्तै माया दिने अवस्था नआएपछि लाभकै पहलमा दुवैबीच विवाह गराइदिने काम भयो । 

‘विवाहपछि पनि कुष्ठरोगीसँगै विवाह गरेको भनेर सञ्‍जयको परिवारले झनै हेप्न थालेपछि केन्द्रकै तर्फबाट दुवैलाई पोते बनाउने तालिम दियौं’ लाभले भनिन्, ‘उनीहरुले बनाएको पोतेको बजार जर्मनीसम्म फैलियो । तर, लामो समयसम्म टिक्न सकेन ।’ 

आइतबार चिया बेच्ने कार्यक्रमलाई सहयोग गरेकी लाभको अनुसार चिया बेचेर संकलित रकमले ती दम्पतिलाई खाजा पसल सञ्चालन गर्न सहयोग गरिएको छ । कार्यक्रम सम्पन्न भएलगत्तै सोही स्थानमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले चिया बेचेर उठेको रकम एकमुष्ठ संजय दम्पतिलाई हस्तान्तरण गरेको लाभले बताइन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro