काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले प्रेसमाथि अंकुस लगाउने प्रयास गरिरहेको बताएका छन् ।
नेपाल प्रेस युनिन काठमाडौले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकारले नागरिकको बोल्न पाउने अधिकारमा समेत नियन्त्रण गर्ने तयारी अगाडि बडाउँदै लगेको बताए ।
सरकारले प्रजातान्त्रिक अधिकारहरु साँगुरो बनाउँदै लोकतन्त्रमाथि समेत प्रहार गर्न खोजेको उनको भनाइ छ । प्रेस जगत चनाखो भएर नागरिकको अभिब्यक्ती स्वतन्त्रताको रक्षाको लागि लाग्नु पर्ने बताउँदै उनले लोकतन्त्रका मूल्य मान्यतामाथि नै प्रहार गरेर बिस्तारै कम्युनिष्ट अधिनायकवादतर्फ सरकार उन्मुख रहेको आरोप लगाए ।
नागरिक अधिकारमाथि अंकुस लगाउने बिधेयक ल्याउन सरकार उद्त रहेको भन्दै उनले सरकारका अलोकतान्त्रिक कदम बिरुद्ध नागरिकलाई जागरुक बनाउन सम्पूर्ण प्रेस जगतको कलम केन्द्रित बनाउन समेत आग्रह गरे ।