site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हत्या अभियोग लागेका व्यक्ति राज्यसत्तामा जानु राष्ट्रिय लज्जा : इन्सेक 

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अभियोग लागेका व्यक्ति पटक-पटक राज्यसत्तामा जानु राष्ट्रिय लज्जाको विषय भएको जनाएको छ । 

इन्सेकले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपाले सभामुखमा हत्या अभियोग लागेका व्यक्तिलाई उमेदवार बनाएकोप्रति आपत्ति जनाउँदै यस्तो जनाएको हो । इन्सेकले कानुनी शासनको सम्मान गर्नसमेत आग्रह गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, "सर्वोच्च अदालतको संवैधानिक इजलासमा सशस्त्र द्वन्द्वकालीन विचाराधिन मुद्दाको आरोपित अग्‍नी सापकोटालाई सभामुखको उमेदवार बनाउने नेकपाको निर्णय देशको कानुन र नेपालको मानवअधिकारप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत छ ।" 

राजनीतिक दलका यस्ता निर्णयले मुलुकको विद्यमान कानुनी व्यवस्था र कानुनी शासनको मान्यता विपरीत रहेको इन्सेकको ठहर छ । "हत्या अभियोग लागेका व्यक्ति पटक-पटक राज्यसत्ताको जिम्मेवारी पाउनुका साथै न्यायालयको आदेश, पीडित र अधिकारकर्मीको खबरदारीका बाबजुद अनुसन्धानको दायरामा नआउनु राष्ट्रिय लज्जाको विषय हो ।" 

इन्सेकले हत्या अभियोग लागेक व्यक्तिलाई सभामुख बनाउने निर्णय पुनर्विचार गर्नसमेत नेकपालाई आग्रह गरेको छ । 

सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई माओवादी कार्यकताले अपहरण गरे।

अपहरणमा परेको दुई महिनापछि काभ्रेकै तत्कालीन बूढाखानी गाविसको चारकिल्लामा गाडेको अवस्थामा लामाको शव फेला र्पयो। घटनामा तत्कालीन माओवादीका नेताहरु सापकोटा, सूर्यमान दोङ, कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानको संलग्नता हरेको भन्दै लामाकी श्रीमती पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा किटानी जाहेरी दिइन् ।

गत असोज २९ गते हत्या मुद्दाको पेशी तोकिए पनि ‘हेर्न नभ्याइएको’ भन्दै हटाइएको थियो। अब यही माघ २२ गतेका लागि पेशी तोकिएको छ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro