site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपाका सापकोटा सर्वसम्मत सभामुख बन्दै, उपसभामुखमा राजपाको सम्भावना 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अग्नि सापकोटा सर्वसम्मत सभामुख बन्ने देखिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उमेदवारी नदिएपछि सापकोटा सभामुखका एक्ला उमेदवार बन्ने भएका छन् । 

यसअघि कांग्रेसले नेकपा उमेदवारविरुद्ध उमेदवारी दिने बताएको थियो । 

तर, कांग्रेस उपसभामुखमा बार्गेनिङ गर्दै पछि हटेपछि सापकोटा सभामुखको एकले उमेदवार हुने भएका छन् । 

संसद सचिवालयका सहसचिव अर्जुन खड्काले सभामुखमा सापकोटाको मात्र उमेदवारी परेको बताए । दिउँसो २ बजेसम्म सभामुखमा उमेदवारी दिने समय छ । 

प्रमुख प्रतिपक्षी दल पछि हटिसकेको र राष्ट्रिय जनता पार्टी नेकपासँगै नजिक देखिएकाले अरुको उमेदवारी पर्ने सम्भावना न्यून देखिएको छ । 

उपसभामुखमा राजपाको सम्भावना 

सत्तारुढ दल नेकपा र राजपाले राष्ट्रियसभामा २ वर्षे कार्यकाल सकेर रिक्त हुन लागेको  स्थानमा निर्वाचनमा तालमेल गरेका थिए । 

नेकपा र राजपाको सहकार्य सभामुख निर्वाचनमा पनि देखिएको छ । नेकपा उमेदवार सापकोटाको प्रस्तावक राष्ट्रिय जनता पार्टीका सांसद  लक्ष्मणलाल कर्ण रहेका छन् । 

यससँगै रिक्त रहेको उपसभामुख पद राजपाले पाउने सम्भावना देखिएको छ । सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।  सो व्यवस्थाअन्तर्गत पनि सभामुख नेकपाले लिएमा उपसभामुख अर्को दललाई दिनुपर्ने हुन्छ ।  राष्ट्रियसभादेखि सभामुखमा समेत नेकपा उमेदवारलाई सघिाएपछि उपसभामु राजपाले पाउने सम्भावना बढेको छ । 

राजपा स्रोतका अनुसार उपसभामुख दिने गोप्य सहमति भइसकेको छ । राजपाभित्र उपसभामुखमा चन्दा चौधरीको नाम चर्चामा छ ।  यद्यपी, प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उपसभामुखका लागि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग संवाद भने जारी राखेको छ ।

सभामुखको निर्वाचन माघ १२ गतेका लागि तय भइसकेको छ । उपसभामुखको निर्वाचन भने सभामुय चयन भएपछि मात्र अघि बढ्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro