site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तीनदिन बढेर एकदिन घट्ने सेयर बजारको सुधारिने संकेत
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय सेयर बजार सुधारको क्रममा छ । 

सेयर बजारमा नेप्से परिसूचक न्यून बिन्दुमा पुगेर फर्किएको छ भने लामो समय चुपचाप बसेका लगानीकर्ता बजारमा उल्लेख्य रुपमा कारोबार गर्न थालेका छन् ।

पछिल्लो एकसाताको अवधिमा कारोबार रकम दैनिक औसत डेढ अर्बमाथि हुनुले सेयर बजारमा तरङ्ग छाएको पुष्टि गर्दछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसो त मध्य मंसिरदेखि उकासिन सुरु भएको परिसूचक ११ अंकबाट साढे १३ सय अंकमा पुगेको छ । नेप्से निरन्तर बढ्न थालेपछि लगानीकर्तामा उत्साह थपिएको हो । बजार चलायमान हुनुको कारण हो बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम पर्याप्त बन्नु, अर्थमन्त्री सकारात्मक देखिनु आदि ।

सेयर बजार सुधारिने संकेत गरेको पुष्टि गर्ने अर्को आधार हो, केहीदिनको सुधार पछि आइहाल्ने करेक्सन । जानकारका अनुसार केही दिनको सुधारपछि करेक्सन आउनु सेयर बजारको स्वस्थ चाल हो ।

Global Ime bank

अंग्रेजी डिसेम्बर महिना सुरु भएपछि भने नेप्से परिसूचकले गज्जबको चाल देखाएको छ । यस अवधिमा नेप्से तीनदिन बढेर एक दिन करेक्सन आउने गरेको छ । यसअघि पुस २०, २१ र २२ गते बढेको सेयर बजारमा २३ गते करेक्सन आएको थियो । यस्तै, २४, २७ र २८ गते बढेको नेप्सेमा २९ गते करेक्सन देखियो ।
यो लय त्यसपछि पनि कायम रह्यो । 

बुधबार (माघ १ गते) करिब २१, बिहीबार (माघ २ गते) २६ र आइतबार (माघ ५ गते) ३३ अंकभन्दा बढीको सुधार आएपछि सोमबार नेप्सेमा २६ अंकको करेक्सन देखिएको हो ।

सोमबार नेप्से २६.५४ अंकले घटेर १ हजार ३२ सय १७.११ अंकमा कायम भयो । परिसूचकमा १.९८ प्रतिशतले करेक्सन आउँदा यसदिन कारोबार रकममा पनि कमी आएन । सोमबार कारोबार रकम २ अर्बको हाराहारीमा रह्यो ।

करेक्सन आएको दिन बजारमा १ सय ८२ कम्पनीका ५८ लाख ४६ हजार कित्ता सेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार रुपैयाँमा किकनबेच भए । यसक्रममा २० हजारभन्दा बढी कारोबार भए ।

लामो समय सुस्त बनेको सेयर बजारमा पछिल्लोपटक तरंगित हुन थालेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाउनु, बजारमा लगानीयोग्य रकमको अभाव नहुनु, ब्याजदर घट्ने हल्ला सुनिनु, सेयर बजारप्रति अर्थमन्त्री सकारात्मक देखिनु र सूचीकृत कम्पनीहरूले पनि राम्रो प्रतिफल दिँदा कारोबारसँगै परिसूचक पनि बढेको जानकार बताउँछन् ।

यसो त लगानीकर्तामा अर्थमन्त्री युवराज खतिवडा पदबाट बाहिररिने हल्लाले प्रभाव पारिरहेको छ । तर, बैंकिङ प्रणालीमा पर्याप्त रहेको तरलता केही कम हुँदै जान थालेपछि अहिले बजारले यही गति समात्नेमा प्रश्न गर्न थालिएको छ ।

नेप्से घटेको दिन सेयर बजारमा हिमालयन ड्रिस्टिलरीको सेयरकै सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएपनि सेयर मुल्य भने घटेको छ ।

यस्तै एनसीसी बैंकको १३ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भए । यसदिन नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ३० लाखको सेयर किनबेच भए ।

नेप्से घटेको दिन मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य ९.७७ प्रतिशतले बढ्यो । यस्तै ग्लोबल आइएमई बैंकका लगानीकर्ताले पनि प्रतिसेयर ९.७२ प्रतिशत कमाए । नेप्से घटेको दिन पाँचथर पावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत गुमाए । यस्तै पोखरा फाइनान्स, हिमालयन पावर पार्टनर र विशाल बजार कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घटे ।

नेप्से घटेको दिन समूहगत परिसूचकमा राताम्ये छायो । सबै समूहगत उपसूचक घट्दा ट्रेडिङ समूह सर्वाधिक ६.३४ प्रतिशत र जलविद्युत समूह ३.९१ प्रतिशतले घटे ।

नेप्सेले सुरुवातमा देखाएको उतारचढावले सोमबार गिरावटको संकेत गरेको थियो । अन्य दिन कारोबार सुरु हुँदै उत्साह आउने गरेकोमा यसदिन सो हुन सकेन ।

सेयर बजारमा लगानीकर्ताको उल्लेख्य उपस्थिति रहे पनि सेयरको मूल्य भने घटबढ भइरहेको थियो कारोबार सुरु भएको १५ मिनेट बढेको नेप्से त्यसपछि अर्को १५ मिनेट निरन्तर ओरालो लाग्यो । परिसूचक अर्को १५ मिनेट फेरि बढेको थियो । त्यसपछि भने नेप्से बढ्न नसकेर गिरावट आत्मसात गरेको थियो ।

सेयर बजार सुधारिएकै हो त ?

लगानीकर्ताहरु भने कुनै समय करिब १८ सय अंकमा पुगेको नेप्से परिसूचक बढेर साढे १३ सय अंकमा पुग्नुलाई सुधार भएको मान्न तयार छैनन् । 

बजार विस्तार हुने क्षमता भएको तथा धेरै लगानीकर्ता अझै पनि घाटामै रहेका कारण यसलाई सुधारिएको भन्न नसकिने तर्क उनीहरुको छ ।

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाल फुल्लेल पनि वातावरण सकारात्मक देखिएका कारण सुधार हुने हो कि भन्ने संकेत देखिएको तर्क गर्छन् । 

उनका अनुसार साधारण रुपमा बजार बढ्यो भने पनि बढ्यो भन्ने विश्लेषण गरिने गरेको छ । र, अहिले प्रवाह भएको तरंग पनि सोही सकारात्मक वातावरणको संकेत हो ।

बाह्रखरीसँग उनले भने, “बजार बढ्न त बाँकी नै छ नि !”

उनका अनुसार यो सुधारका क्रममा लगानीकर्ता उत्साहित नै छन्, सूचीकृत अधिकांश कम्पनीहरुको वित्तीय प्रतिवदन पनि सकारात्मक छन्, लगानीकर्ताले प्रतिफल पनि पाइरहेका छन् ।

फुल्लेल दाबी गर्छन्, “विज्ञहरुको सल्लाहका साथ राम्रो कम्पनी विश्लेषण गरेर लगानी गर्ने बेला आएको छ । आउने दिन यो मूल्यमा सेयर नपाउन पनि सक्छ ।” 

विगतको अनुभवका पनि यही रहेको उनी बताउँछन् । अर्कातर्फ लगानीयोग्य रकम पनि प्रशस्तै छ ।

अर्कातर्फ अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको अर्थमन्त्री दाबी गरिररहेका छन् । 

सेयर बजार पनि अर्थतन्त्रको अभिन्न अंग भएका कारण सबै क्षेत्र विस्तार हुँदा यो क्षेत्र खुम्चिने बिन्दु देखिँदैन । “यस्तो अवस्थामा अब लगानी नगरे कहिले गर्ने ?” फुल्लेल प्रश्न गर्छन् । 

तर, लगानीकर्ताले आफूले पोर्टफोलियो मेन्टेन गरेर मात्र लगानी गर्नुपर्ने सुझाव उनको छ । 

उपाध्यक्ष फुल्लेलले भने, “लगानी गर्दा जोखिम मोल्न जरुरी छ । तर, घाँटी–घाँटी हुने गरी कर्जा लिएर सेयर बजारमा लगानी गर्दा बढी जोखिम सिर्जना हुन्छ । जसले लगानीकर्ता डुब्ने खतरा हुन्छ ।”

फुल्लेलले भने, “५० देखि एक सय अंकको सुधार वा गिरावटलाई सामान्य मान्न जरुरी छ । किनकी बजारको नियमित प्रक्रियाले यसलाई सामान्य नै मान्दछ ।”
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement