काठमाडौं । एमभी दुगड ग्रुपको दुगड ब्रदर्स एन्ड सन्सले नेपाल बिल्डटेक २०२० मा महिन्द्रा ब्याकहो लोडर लञ्च गरेको छ । महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेताले मेलाको तेस्रो दिन भीएक्स–ब्याकहो लोडर नेपाली बजारमा सार्वजनिक गरेको हो ।
निर्माण सामग्री प्रर्दशनी नेपाल बिल्डटेक २०२० मा कम्पनीले मोटर ग्रेडर (जी–९०), ब्याकहो लोडर (भीएक्स–९०) र ब्लाजो–२५ प्रदर्शनमा राखेको छ ।
लोडरको लन्च एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगड, महिन्द्रा ट्रक्स एन्ड बस नेपालका लागि सेल्स म्यानेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन तारा थापाले गरे ।
सो अवसरमा ५ जना ग्राहकलाई ब्याकहो लोडरको चाबी हस्तान्तरण गरिएको छ ।
नयाँ ब्याकहो लोडरको विशेषता यसप्रकार छन् ।
–२२ सय आरपीएममा ९१ हर्सपावरको शक्ति
–१४ सय दृखि १६ सय आरपीएममा ३ सय ६० एनएमको टर्क
–१० प्रतिशत बचत
–कारको जस्तो इन्टेरियर
–एसी क्याबिन
–तीब्र काम गर्ने मेसिन