site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनामा १ लाख ३० हजार पर्यटक आगमन
SkywellSkywell

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष ०७६/७७ मा १ लाख ३० हजार ३ सय ९२ पर्यटकले भ्रमण गरेका छन् । 

निकुञ्जले दिएको जानकारी अनुसार आवको साउनमा ९ हजार ५ सय १०, भदौमा ७ हजार ४ सय ९८, असोजमा १५ हजार ५ सय ४४ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । यस्तै कात्तिकमा ३६ हजार ७ सय ३९, मंसिरमा ३० हजार २ सय ७५ र पुसमा ३० हजार ८ सय ४४ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।

KFC Island Ad
NIC Asia

आव ०७५/७६ मा आन्तरिक र बाह्य गरी १ लाख ८७ हजार १ सय ९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए भने आव ०७४/७५ मा १ लाख ५२ हजार ६ सय ७१ पर्यटकले निकुञ्ज भ्रमण गरेको तथ्यांक छ ।
आन्तरिकभन्दा विदेशी पर्यटक बढी
राष्ट्रिय निकुञ्जमा ६ महिनाको अवधिमा आन्तरिकले भन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । निकुञ्जको तथ्यांकअनुसार सो अवधिमा ५९ हजार १९ जनाले निकुञ्जको भ्रमण गरेका थिए । विदेशी पर्यटक ७१ हजार ३ सय ७३ जना छन् । यसमध्ये ११ हजार ९ सय ६ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने बांँकी अन्य मुलुकका रहेका छन् ।

आव ०७५/७६ मा २४ हजार ८ सय ३२ सार्क राष्ट्र र अन्य मुलुकका १ लाख १७ हजार ६ सय ५४ गरी १ लाख ४२ हजार ४ सय ८७ विदेशी पर्यटक र ४४ हजार ६ सय २३ स्वदेशी पर्यटकले निकुञ्ज सफारी गरेका थिए ।
यस्तै आव ०७४/७५ मा सार्क राष्ट्रका १९ हजार ६ सय ९६ ,अन्य मुलुकका ९८ हजार ९ सय २५ गरी १ लाख १८ हजार ६ सय २१ विदेशी र ३४ हजार ५० स्वदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।
१६ करोड ६२ लाख राजस्व संकलन
निकुञ्जले बाह्य र आन्तरिक पर्यटक गरी जंगल सफारी गरेबापत ६ महिनाको अवधिमा १६ करोड ६२ लाख ९ हजार ७ सय ८३ रुपैयांँ राजस्व संकलन गरेको छ । गत आव ७५, ०७६ मा २९ करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आव ०७४÷७५ मा २४ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो  । अघिल्लो आव ०७३÷७४ मा २२ करोड ७१ लाख ६३ हजार ४ सय १ रुपैयांँ राजस्व संकलन भएको निकुञ्जले जानकारी दिएको छ । 

Royal Enfield Island Ad

निकुञ्जले प्रवेश टिकट, पर्यापर्यटन (वन क्षेत्रको आय), प्रशासनिक दण्ड–जरिवाना–जफत, न्यायिक दण्ड–जरिवाना र जफतबाट र अन्य प्रशासनिक शुल्कबाट राजस्व संकलन गर्दै आएको छ । चितवन निकुञ्ज सफारीका लागि १० नाका छन् । यीमध्ये सौराहा प्रमुख नाका मानिन्छ । निकुञ्ज घुम्ने ९० प्रतिशत पर्यटक सौराहा नाकाबाट भित्रिने गर्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro