site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुखमा कांग्रेसले पनि उमेदवारी दिने, पुष्पा भुसाललाई अघि सार्ने तयारी !

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने भएको छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन ।

कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।

कांग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा यसअघि पनि छलफल भइसकेको छ ।

“पार्टीमा यस विषयमा छलफल भइसकेको छ,” कांग्रेसका एकजना नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “व्यक्ति हत्याको आरोप लागेकालाई सभामुख बनाउन हुँदैन ।”

नेकपा सचिवालय बैठकले आइतबार स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने विषयमा नेकपाले निर्णय गर्न नसकेको बताए ।

“कुन पदमा कस्तो व्यक्ति चयन गर्ने भन्ने कुरामा नेतृत्वले हेक्का राखेको पाइएन,” उनले नेकपाको निर्णयप्रति संकेत गर्दै भने, “त्यसकारण पनि नेपाली कांग्रेसले सभामुखमा उमेदवारी दिन्छ ।” उनले कसलाई उमेदवार बनाउने भन्ने निर्णय अहिलेसम्म नभएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro