site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा चुनाव तयारी तिव्र : नमुना मतदान सम्पन्न

जनकपुर । माघ ९ गते हुन लागेको राष्ट्रियसभा चुनावका लागि प्रदेश २ को केन्द्र जनकपुरमा तयारी तिव्र पारिएको छ । चुनावको पूर्व तयारीकै क्रममा आइतबार नमुना मतदान गरी उम्मेदवार तथा राजनीति दलका अगुवा नेताहरूसँग अन्तरक्रिया गरेको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय अगाडि रहेको महेन्द्रनारायण निधि स्मृति केन्द्र परिसरमा आयोजित नमुना मतदान केन्द्रमा राष्ट्रियसभा सदस्यका उम्मेदवार, प्रतिनिधिमुलक मतदाता, राजनीतिक दलका अगुवालगायत मतदान केन्द्रमा परिचालित कर्मचारी र सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए ।

मतदान प्रक्रिया सम्पन्न गराउन मतदान केन्द्रमा २५ तथा निर्वाचन कार्यालयमा १५ जना गरी ४० जना कर्मचारी परिचालन गर्न लागिएको निर्वाचन अधिकृत खतिवडाले जनाए । मतदानस्थल, उम्मेदवार, मतदाता तथा मतपत्रको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिलाई जिम्मेवारी दिइएको उनले बताए ।

‘निर्वाचनको प्रक्रिया र मतदानसम्बन्धी आवश्यक नीति, नियमबारे उम्मेदवार तथा दलका प्रतिनिधिसँग अन्तरक्रिया गर्न आयोजित कार्यक्रमबीच आइतबार नमुना मतदान सम्पन्न गरेका छौं,’ जिल्ला अदालतका मुख्य न्यायाधीश तथा निर्वाचन अधिकृत खतिवडाले भने, ‘शान्तिपूर्ण र मर्यादित वातावरणमा चुनाव सम्पन्न गराउन आवश्यक तयारीकै क्रममा यो कार्यक्रम आयोजना गरिएको हो ।’

चार जना राष्ट्रियसभा सदस्यका लागि हुन लागेको चुनावमा प्रदेश २ बाट कुल ३७९ मतदान गर्ने छन् । ती मध्ये १३६ स्थानीय तहका प्रमुख र उपप्रमुखगरी २७२ तथा प्रदेशसभा सदस्य १०७ जना छन् । स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गर्न लागिएको छ ।

मतदान स्थल (निधि स्मृति केन्द्र) एकै ठाउँमा भए पनि दुई वटा मतदान केन्द्र बनाएर स्थानीय तहका प्रतिनिधि तथा प्रदेशसभा सदस्यको लागि अलग–अलग मतदान गर्ने व्यवस्था मिलाउन लागिएको खतिवडाले बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro