site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारमा थपियो उत्साह, लगानीकर्ताको सम्पत्तिमा डेढ खर्बको वृद्धि
SkywellSkywell

काठमाडौं । यस साता पुँजी बजारमा उछाल आयो । शेयर बजार परिसूचक नेप्से सहित कारोबार परिमाणमा पनि उल्लेख्य वृद्धि आयो । 

नेप्से ९७ अंकले बढ्दा करिब १ खर्ब ५० अर्ब रुपैयाँ लगानीकर्ता कमाए । यो साता कम्पनीहरुको शेयर मूल्यमा उच्च वृद्धि हुँदा लगानीकर्ताको सम्पत्ति १ खर्ब ४९ अर्ब ५३ करोडले बढेको हो । अर्थात बजार पूँजीकरण १५ खर्ब ४६ अर्बबाट बढेर १६ खर्ब ९६ हजार रुपैयाँ पुगेको छ । 

Dabur Nepal
NIC Asia

साताभर नेप्से पनि ९७ दशमलव ११ अंकले बढेर १३ सय अंक पार गर्‍यो । अघिल्लो साताको बिहीबार १ हजार २ सय १३ दशमलव १२ अंकमा बन्द भएको नेप्से यो साता ९७ अंकले बढेर १ हजार ३ सय १० दशमलव २३ अंकमा बन्द भयो । सेन्सेटिभ परिसूचक पनि यो साता १८ दशमलव ६१ अंकले बढेर २ सय ८२ दशमलव ८८ अंकमा पुग्यो । 

कारोबार रकममा पनि यो साता ५७ दशमलव ९ प्रतिशतले वृद्धि भयो । यो साता ६ अर्ब ६७ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । सो क्रममा २ करोड ११ लाख ९७ हजार कित्ता सेयर खरिद विक्री भए । अघिल्लो साता ४ अर्ब २२ करोड ५५ लाखको शेयर कारोबार भएको थियो । 

यो साता सबैभन्दा बढी कारोबार एनआइएसी एसिया बैंकको भएको छ । यो बैंकको २६ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर करोबार भयो । त्यस्तै शिवम सिमेन्टको शेयरको कारोबार २२ करोड ५३ लाखको कारोबार भयो । २० करोडभन्दामाथिको शेयर कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स (२२ करोड २६ लाख) र हिमालयन डिस्टिलरी (२१ करोड ९ लाख) रहेका छन् ।

यो साता नेपाल स्टक एक्सचेन्जमा ग्लोबल आइएमई बैंकको ७ करोड २० लाख ८७ हजार कित्ता शेयर सूचिकृत भएको छ । बैंक मर्ज भएपछि यो बैंकको शेयर पुनः सूचिकृत भएको हो । त्यस्तै सिर्जना फाइनान्सको २७ लाख ६४ हजार कित्ता हकप्रद शेयर पनि सूचिकृत भए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro