site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलेज बसको ठक्करले दुई युवकको मृत्यु

सांकेतिक तस्बिर


जनकपुर । जनकपुरस्थित एक निजी कलेजको विद्यार्थी बोक्ने बसले जनकपुर-ढल्केवर सडक खण्डमा मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ । 

मोडेल कलेजको ज १ क २८३ नम्बरको बसले ज १० प ३५३५ नम्बरको मोटरसाइकललाई सपहीस्थित छ लेनको सडकमा ठक्कर हानेको थियो । 

घटनामा मोटरसाइकलमा सवार धनुषाको लक्ष्मीनिया गाउँपालिका -७, पकडीयाका २५ वर्षीय सन्तोष ठाकुर र क्षिरेश्वरनाथ नगरपालिका निवासी २५ वर्षीय अनवर राइनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले मोटरसाइकललाई ठक्कर हान्‍ने बसमा आगजनी गरेको छ । बसमा आगो लागेपछि तत्कालै प्रहरीले वारुणयन्त्र बोलाए पनि बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । 

आक्रोशित स्थानीयले सडकमा लापरवाही ढंगले सवारी गुडाउने चालकविरुद्ध केही सयम चक्काजाम गरी प्रदर्शन गरेको थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro