site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिपरले किचेर युवकको मृत्यु, प्रहरी भन्छ - घटना शंकास्पद

जनकपुर । धनुषास्थित मिथिला नगरपालिकाको ढल्केवरमा टिपरले किचेर एक युवकको मृत्यु भएको छ । शुक्रबार बिहान चार बजेको समयमा गाउँ नजिकै खोलामा ट्रिपरले किचेर मिथिला नगरपालिका -५, श्रीपुर बस्‍ने २४ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको मृत्यु भएको हो । 

ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर बर्दिबासतर्फ भाग्दै गरेको अवस्थामा ट्रिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका  -९ बस्‍ने टिपरका चालक ३४ वर्षीय मुनिन्द्र महतोलाई पक्राउ गरेपछि घटना शंकास्पद देखिएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरिक्षक रामकुमार यादवले जनाए । 

एकाबिहानै टिपरले किचेर स्थानीय युवकको हत्या भएको खबर मिथिला -५ का वडाध्यक्ष श्यामबाबु यादवले दिएको उनले बताए । घटना लगत्तै खबर पाएपछि ट्रिपर चालकलाई पक्राउ गर्न सफल भएको बताउँदै प्रहरी निरिक्षक यादवले घटनावारे थप अनुसन्धान जारी रहेको जनाए । यता, घटनास्थल मुचुल्का नउठाउँदै शवलाई एम्बुलेन्समा हालेर अस्पताल पठाएर घटनाको अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने काम प्रहरीले गरेको भन्दै मृतक परिवारले शवको पोष्टमार्टम गर्न नदिने अडान लिएको छ । 

प्रहरीले भने घाइते अवस्थामा रहेकोले समयमै अस्पताल पुर्‍याए जोगाउन सकिने भनेर तत्काल एम्बुलेन्समा पठाइएको दिएको प्रतिक्रिया दिएको छ ।

मृतक युवक भारतस्थित भोपालमा इन्जिनियरिङ पढिरहेका थिए । अन्तिम सेमेष्टरमा अध्ययनरत दिलिप बिदामा घर आएको बेला रहस्यमय घटना भएको भन्दै मृतक परिवारले घटनाको सुक्ष्म अनुसन्धानगरी दोषीलाई कारवाही गर्न माग गर्दै केहीवेरसम्म पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro