site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश ३ को राजधानी अन्ततः हेटौडा नै कायम हुने
SkywellSkywell

काठमाडौं । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडा नै हुने निश्चित भएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ को संसदीय दलले पार्टी केन्द्रको निर्णय कार्यान्वयन गर्ने गरी गृहकार्य थालेपछि हेटौडा नै प्रदेशको राजधानी कायम हुने निश्चित भएको प्रदेशसभा सदस्यले जानकारी दिएका छन् ।

पुस १८ गते दिनको दुई बजेदेखि सुरु भएको बैठक बिहीबार पनि जारी छ । शुक्रबार बिहान ११ बजे बस्ने संसदीय दलको बैठक प्रदेशको नामाकरण र स्थायी मुकाम टुङ्गाउने नेकपा प्रमुख सचेतक रामेश्वर फुयालले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

“हामी घनिभूत छलफलमा छौं । ७९ सांसदमध्ये करिब ७० जना सांसदले आफ्ना धारणा राखिरहनुभएको छ । सबैको आ–आफ्नो वैयक्तिक मत पनि छ । यति हुँदाहुँदै पनि पार्टीले निर्णय गरिसकेकाले नाघेर जान हुँदैन, स्थापित विधि-पद्धति विपरीत हुन्छ भन्ने नै छ,” उनले बाह्रखरीसँग भने ।

१८ गते दिउँसो २ बजेबाट सुरु भएको संसदीय दलको बैठक १९ गते र २० गते सुचारु थियो । बैठकमा बोल्ने अधिकांश सांसदले नामका विषयमा विमति नरहे पनि प्रदेशको स्थायी मुकामका सन्दर्भमा प्रदेशसभा सदस्यलाई नै निर्णय गर्न दिइनुपर्ने धारणा राखेका थिए । हेटौडालाई स्थायी मुकाम बनाउँदा १३ मध्ये ११ जिल्लालाई अपायक हुने उनीहरूको एकमुष्ठ निष्कर्ष थियो ।

Royal Enfield Island Ad

खास गरेर सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, नुवाकोटका प्रदेशसभा सदस्यले केन्द्रको निर्णयको विरोध गर्दै हेटौडालाई प्रदेशको राजधानी बनाउन नहुने मत राखेपछि बैठक स्थगित भएर एउटा टोली काठमाडौं आएको थियो ।

पार्टीको प्रदेश कमिटी अध्यक्ष अष्टलक्ष्मी शाक्य, प्रमुख सचेतक रामेश्वर फुयाल, मन्त्रीद्वय युवराज दुलाल, शालिकराम जम्कट्टेल, नेताहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईंलगायत नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर दलको बैठकमा उठेका कुराहरू राखेका थिए ।

तर, प्रधानमन्त्रीले पार्टीले निर्णय गरिसकेकाले मानेर जानुको विकल्प नरहेको भन्दै ह्विप लाग्ने बताएपछि अहिले प्रदेशसभा सदस्य सङ्कटमा परेको बताउँछन् । भेटमा पार्टी अध्यक्ष समेत रहेका ओलीले सचिवालयले बुझेरै निर्णय लिएको बताउँदै संसदीय दलले सोही अनुरूप निर्णय गर्नुपर्ने बताएका थिए ।

“जनताबाट निर्वाचित भए पनि हामीलाई टिकट पार्टीले दिएको हो । संसदीय पद्धतिमा पार्टीको निर्णयभन्दा बाहिर जान सकिँदैन । अन्ततः पार्टीको निर्णय कार्यान्वयन गर्नुको विकल्प छैन,” एक सांसदले बाह्रखरीसँग भने ।

“कि ह्विप मान्नुपर्‍यो, कि पार्टी छाड्नुपर्‍यो, अरू विकल्प छैन,” ती सांसदको भनाइ छ । 

मुख्यमन्त्री जोगाउन शीतल निवास सक्रिय

हेटौडाको मेयर हुँदा सन्तोषजन कार्यसम्पादन गरेका डोरमणि पौडेल मुख्यमन्त्री निर्वाचित हुँदा कामले गति लिने अपेक्षा थियो । तर, प्रदेशको काम त परै जाओस् प्रदेशको स्थायी मुकाम र राजधानीको प्रस्ताव नै अगाडि बढाउन नसकेपछि पार्टीका नेताहरू पौडेलको भूमिकाप्रति असन्तुष्ट रहेको प्रदेशसभा सदस्यहरू बताउँछन् । केशव स्थापितलाई बर्खास्त गरिएपछि रिक्त रहेको प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्रीसमेत नियुक्त हुन नसकेको उनीहरूको भनाइ छ ।

अतः कतिपयले फेर्न लबिइङसमेत गरेका थिए । मुख्यमन्त्रीको कार्यसम्पादनप्रति पार्टीभित्र असन्तुष्टि प्रकट हुन थालेपछि शीतल निवासको सक्रियतामा प्रदेशको नाम र राजधानी तोकिएको प्रदेशसभा सदस्य बताउँछन् ।

“पार्टी सचिवालयले तोक्ने भए अरु प्रदेशको नाम र मुकामबारे किन निर्णय गरिएन ? प्रदेश नम्बर ३ को मात्रै गरियो । उत्तर सरल छ– प्रधानमन्त्रीज्यू मुख्यमन्त्रीको पद थमौती गर्न चाहनुहुन्छ । शीतल निवासको भूमिका पनि देखिन्छ,” एक सांसद भन्छन् ।

पौडेल राष्ट्रपति विद्यादेवी भण्डारी निकट हुन् । उनैको जोडबलमा हाल प्रदेश इन्चार्ज रहेकी अष्टलक्ष्मी शाक्यलाई उमेदवारमा हराउन ओली समूह खुलेरै लागेको थियो ।

२७ गते मतदान

सचेतक फुयालको अनुसार शुक्रबार बस्ने दलको बैठकले नाम र स्थायी मुकाम टुंग्याउने छ । अहिले संसदमा प्रदेशको राजधानी र नामाकरणका विषयमा अध्ययन गर्न गठित सम्भाव्यत अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ । काठमाडौं– ५ का प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा गठित समितिले काभ्रे, भक्तपुर, नुवाकोट आदि सिफारिस गर्दै पुछारमा मकवानपुर सम्भाव्य जिल्लाका रूपमा राखेको थियो ।

सम्भवतः आइतबार बस्ने प्रदेशसभाको बैठकले मतदानको मिति तय गर्ने छ ।

“पुस २७ गते संविधानको धारा २८८ बमोजिम संसदमा मतदान हुनेछ । त्यसैले मुकाम टुंग्याउने छ र संविधानको धारा २९५ (२) मुताबिक नाम पनि टुंगो लाग्नेछ,” सचेतक फुयालको भनाइ छ ।

काभ्रेका सांसद भन्छन् - इतिहासले मूल्याङ्कन गर्छ

काभ्रेलाई प्रदेशको राजधानी बनाउन माग गर्दै प्रदेशसभा सदस्यत्रय बसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्सालले २०७४ वैशाख १४ गते प्रस्ताव दर्ता गरेका थिए । तर प्रदेश सभामा प्रस्तावमाथि छलफल नै भएन ।

प्रदेशसभा सदस्य लम्साल अहिले ८० मध्ये करिब ६० जना सांसद काभ्रे नै उपयुक्त हो भन्ने निचोडमा पुग्नु नै आफ्नो सफलता रहेको जिकिर गर्छन् ।

“बहुसङ्ख्यक सांसदहरू काभ्रे नै उपयुक्त हो भन्ने निष्कर्षमा पुग्नुभएको छ । निर्णय गराउने ठाउँमा हामी छैनौं । दलको बैठक, संसदमा आफ्ना कुरा राखिरहेका छौं,” उनले बाह्रखरीसँग भने ४० लाख जनसंख्यालाई अपायक पर्ने प्रदेशको राजधानी बनाउँदा इतिहासमा यसको मूल्याङ्कन होला ।”

उनले प्रदेशसभा सदस्यहरू अहिले नै गलिसकेको निष्कर्ष निकाल्नु उचित नहुने बताउँदै संसदीय दलले बहुसङ्ख्यक सदस्यको भावनाको सम्बोधन गर्ने आशा व्यक्त गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  २२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro