विदेश
नयाँ दिल्ली । विदेशी राजनीतिक समूहको एउटा दल मोदी सरकारको निम्तोमा बिहिबारदेखि काश्मीरको दुईदिने भ्रमणका लागि जाने कार्यक्रम रहे पनि युरोपेली संघका प्रतिनिधिलाई भने त्यहाँ जान रोकिएको छ ।
भारत सरकारको निम्तोमा अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एशियाली देशका करिब १५ सदस्ययीय टोली अहिले श्रीनगरमा छ ।
यद्यपि समाचार एजेन्सी एएनआइका अनुसार इयुका केही व्यक्ति यो सँगै जाने कार्यक्रम रहेको थियो ।
उनीहरुलाई भने जान मनाही गरिएको छ । युरोपेली संघको करिब २५ सदस्यीय टोली गत वर्षको अक्टोबरमा काश्मीर गएको थियो । तर, त्यसको निकै आलोचना भएको थियो । (बीबीसी)
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६ १०:१८
प्रतिक्रिया दिनुहोस्