site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूचना माग्न गएका पत्रकार मेयरकै कार्यकक्षमा कुटिए

जनकपुर । जनकपुरस्थित जानकी मन्दिरअगाडि सडक फराकिलो गर्ने क्रममा मन्दिरको परिसर मिचेको विषयमा प्रतिक्रिया लिन गएका सञ्चारकर्मी जनकपुर उप–महानगरपालिका प्रमुख लालकिशोर साहकै कार्यकक्षमा कुटिएका छन् ।

कान्तिपुर टेलिभिजनका संवाददाता अमरकान्त ठाकुर, एपी वान टेलिभिजनका क्यामेरा प्रतिनिधि शत्रुधन यादव र स्थानीय सञ्चारकर्मी सुभाष कर्णलगायत सञ्चारकर्मी नगर प्रमुखका समर्थकको कुटाइले घाइते भएका हुन् ।

उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । आफूले पैसा खाएर निजी जग्गा संरक्षण गरी मन्दिरको जग्गामा सडक विस्तार गरेको सूचना लुकाउनकै लागि नगरप्रमुख साहले सञ्चारकर्मीलाई कुटपिट गर्न लगाएको आरोप पत्रकार महासंघका धनुषा शाखा अध्यक्ष अनिल मिश्रले लगाए । 

घटनापछि पत्रकार महासंघले नगरप्रमुखविरुद्ध कारबाही माग गर्दै दबाबमूलक कार्यक्रम घोषणा गर्न बैठक बसेको छ ।

यता, नगर प्रमुखको कार्यकक्षमै सञ्चारकर्मी कुटिएको भन्ने खबर बाहिर सम्प्रेषण भएपछि नगर कार्यपालिकाको आपतकालीन बैठक पनि बस्न लागेको स्रोतको दाबी छ । 

नगरप्रमुख साहका सहयोग सुमित साहले केही सञ्चारकर्मी नियोजित रूपमै मेयरविरुद्ध होहल्ला गर्न खोजेपछि विवादमा दुईतर्फी झडपको अवस्था आएको जिकिर गरे । उनका अनुसार सञ्चारकर्मीको कुटाइले कार्यपालिकाका दुई महिला सदस्यसमेत घाइते भएका छन् ।

उनीहरूलाई पनि उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको र एकजनालाई स्लाइन चढाइएको उनले जिकिर गरे । 
तस्बिर : जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साह । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro