site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा यसरी बन्दैछ कांग्रेस विहीन
SkywellSkywell

काठमाडौं । माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त सांसदको स्थानमा नयाँ सांसद पठाउन गृहकार्य सुरु गरिसकेको छ । 

आयोगले १ जना राष्ट्रपतिबाट मनोनित हुनेबाहेक निर्वाचनबाट पूर्ति हुने १८ रिक्त स्थानका लागि माघ ९ गते निर्वाचनको मिति तय गरिसकेको छ । 

खालि हुन लागेका स्थानमा निर्वाचनबाट पदपुर्ति गर्नका लागि तयारी पूरा भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।  अब हुने निर्वाचनपछि राष्ट्रिसभामा सत्तारुढ दल नेकपा थप बलियो बन्ने छ । 

KFC Island Ad
NIC Asia

१८ मध्ये २ स्थानमा राष्ट्रिय जनता पार्टी र १६ सांसद नेकपाकै निर्वाचित हुने निश्चित भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउँछन् ।

कांग्रेसले पहिलो दुईवर्ष सात सदस्य राष्ट्रियसभामा गुमाउँदैछ ।

Royal Enfield Island Ad

“राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रक्रियामा हुन्छ । त्यसबाट उहाँहरु आउन सकिने नदेखिँदा ठूलै संख्या प्रतिपक्षको गुम्छ,” नेम्वाङको टिप्पणी छ ।

५९ सदस्यीय सभामा कांग्रेसले १३ सांसद पाएको थियो । 

जसमा ७ जनाको कार्यकाल सकिएको छ । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । 

कांग्रेस अब ६ सांसदमा सीमित हुनेछ । नेकपा भने १६ सांसद भित्र्याउँदै थप बलियो बन्ने देखिन्छ । 

राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचन एकल संक्रमणीय भने पनि अब हुने बहुमतीय निर्वाचन प्रणाली नै लागु हुने नेम्वाङ बताउँछन् ।

सुरुको राष्ट्रियसभामा आफ्नो अत्यधिक बहुमत भए पनि महत्वपूर्ण सिटहरु प्रतिपक्षले पनि प्राप्त गरेको बताउँदै गोला तान्दा दुईवर्षे चिठ्ठामा ठुलै संख्या प्रतिपक्षकै परेको थियो ।

“अब बहुमतीय प्रक्रियामा निर्वाचन हुन्छ । यसमा कांग्रेस आउने अवस्था देखिँदैन,” नेम्वाङ्ले भने ।  राष्ट्रियसभामा दुईवर्ष, चारवर्ष, छवर्षे कार्यकाल हुनेगरि गोला थुतिएको थियो । सो अवधि पूरा गरेपछि रिक्त हुने स्थान निर्वाचनबाट पूर्ति हुने व्यवस्था छ । 

बहुमतीय प्रक्रियामै जाँदा पनि ६ वटा प्रदेशमा नेकपाको सरकार छ भने धेरै स्थानीय तहमा पनि नेकपाकै सरकार छ । कुनै पनि प्रदेशमा सरकार बनाउन नसकेको प्रमुख प्रतिपक्षी कांग्रेसको स्थानीय तहमा पनि कमजोर उपस्थिति छ । 

राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमध्ये १९ जना सांसदको कार्यकाल फागुन २० गते सकिँदैछ । १८ जना सांसद निर्वाचनको प्रक्रियाबाट छानिनेछन् भने १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

संविधानमा राष्ट्रिय सभालाई स्थायी सदनका रुपमा व्यवस्था गरिएको छ । 

को हुन् राष्ट्रियसभाका मतदाता ?

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेशसभा सदस्य ५५० गरी २०५६ मतदाता छन् । जसमा महिला मतदाता ९०७ र पुरुष मतदाता ११४९ रहेका छन् । स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष मतदाता छन् भने प्रदेश सभामा १८९ महिला र ३६१ पुरुष मतदाता छन् । 

जसमा सत्तारुढ दल नेकपाको बलियो उपस्थिति छ ।  त्यसकारण अब हुने निर्वाचनबाट कांग्रेसले सांसद पाउने सम्भावना न्यून छ । 

कसरी गठन हुन्छ राष्ट्रियसभा ? 

राष्ट्रियसभा गठनको व्यवस्था संविधानमा उल्लेख भएबमोजिम हुनेछ । जसमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघीय कानुन बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ जना गरी निर्वाचित छपन्न जना हुनेछन् ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना हुनेछन् । 

जो राष्ट्रिसभाबाट बिदा हुँदैछन्  

दुईवर्षे कार्यकाल सकेर राष्ट्रियसभाबाट बिदा हुनेमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु धेरै छन् । नेकपाका नौ, कांग्रेसका सात, राष्ट्रिय जनता पार्टीका दुई र समाजवादी पार्टीका एकजना सदस्यको कार्यकाल यहि फागुन २० मा सकिँदैछ ।

सांसदहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङको कार्यकाल सकिँदैछ । 

त्यस्तै,  रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपाली पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । 

जो ४ वर्ष राष्ट्रिय सभामा रहनेछन् 

राष्ट्रियसभामा अर्को दुईवर्ष कार्यकाल रहेका २० जना सांसद छन् । दुईवर्ष कार्यकाल पूरा गरेका उनीहरु अझै दुइैवर्ष राष्ट्रिय सभामा रहनेछन् । 

सांसदहरु परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिडारी, नैनकला ओझा, शशिकला दाहालको कार्यकाल ४ वर्ष छ । त्यस्तै,  उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राई पनि थप दुई वर्ष संसदमा रहनेछन् । 

यी भाग्यमानी, जो पूरा कार्यकाल रहनेछन् 

गोलाप्रथा एकप्रकारले भाग्य चिठ्ठाजस्तै हो । गोला तान्दा जति पदावधि पर्छ त्यती नै समयावधि राष्ट्रियसभामा रहने व्यवस्था छ ।

यसरी गोला तान्दा पुरा कार्यकाल अर्थात ६ वर्ष नै सांसद बन्न पाउनेमा राष्ट्रिसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० सांसद छन् । सांसदहरु रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी, बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटाको कार्यकाल ६ वर्षकै छ । त्यस्तै, सांसद नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल पनि पुरा कार्यकाल राष्ट्रिय सभामा रहने भाग्यमानी हुन् । 

त्यसबाहेक अब हुने निर्वाचनमा चयन हुने सदस्यको अवधि पनि ६ वर्षको हुनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro