site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपाले अझै भेटाएन सभामुख, संसद बैठक ११ दिन सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक ११ दिनपछि बस्‍ने गरि स्थगन गरिएको छ । मंगलबार संसद सचिवालयले सूचना जारी गर्दै बैठक पुस २७ गते दिउँसो १ बजे बस्‍ने गरी स्थगित गरिएको हो । बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको थियो । 

बैठक सर्नुको कारण विशेष कारणबस भनिएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको अनुपस्थितीमा गत पुस ४ गते संसदको पाँचौं अधिवेशन सुरु गराएकी थिइन् । तर, त्यसपछि पुस ११ गते र पुस १६ गतेका लागि तय भएको बैठक सूचना टाँसेरै स्थगन गरिएको छ । 

नेकपाले अझै भेट्टाएन सभामुख

प्रतिनिधिसभा अहिले सभामुखविहीन छ । संसद सचिवालयले ‘विशेष कारणबस’ भन्दै बैठक सारे पनि त्यस्तो कारण भने सत्तारुढ दल नेकपाभित्र सभामुखको टुंगो नलाग्नु नै हो । 

उपसभामुख तुम्बाहाम्फेले सभामुख चयन प्रक्रियामा आफू बाधक नबन्‍ने बताइसकेकी छन् । जसले नेकपालाई सभामुखको खोजीमा सहजता थपेको छ । संविधानतः संसदमा सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्ने व्यवस्था छ । नेकपाबाट प्रतिनिधित्व गर्ने तुम्बाहाम्फेले बाटो खोल्ने भएपछि सभामुख आफे राख्‍ने नेकपाको अडान पूरा हुने देखिएको छ । तर, सभामुख कसलाई बनाउने भन्‍नेमा भने नेकपा निर्णयमा पुग्‍न सकेको छैन । 

स्रोतका अनुसार नेकपाभित्र पूर्वएमालेले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान राखेको छ भने पूर्वमाओवादी अग्‍नी सापकोटाको पक्षमा छ । सभामुखमा नेम्वाङकै बढी सम्भावना देखिएको नेकपा स्रोत बताउँछ ।
 
तर, पूर्वमाओवादीले यसअघि सभामुख आफ्नै भागमा रहेको भन्दै पुनः आफैंले पाउनुपर्ने अडान लिएपछि विवाद पेचिलो बनेको छ । नेकपाले सभामुखको नाम टुंगो नलगाउँदा संसद बैठक समेत पटक-पटक सरेको छ । 

यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीलाई भेटेरै नेकपाको अनिर्णयको बन्दी संसदलाई नबनाउन सुझाव दिइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro