site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाैडेल समूहले भन्यो–देउवाले पार्टीलाई संकटमा धकेले, केन्द्रीय समितिकाे निर्णय मान्दैनाैं

काठमाडाैं ।  नेपाली कांग्रेसकाे असन्तुष्ट पक्षले केन्द्रीय समितिले गरेकाे निर्णयमा आपत्ति जनाएकाे छ । 

शनिबार महामन्त्री शशांक काेइराला निवास महाराजगञ्जमा बसेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहकाे बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई संकटमा धकेलेकाे निष्कर्ष निकालेकाे हाे । 

बहुमतका नाममा पार्टीकाे विधि विधान उल्लंघन गरेर निर्णय आएकाे भन्दै उक्त निर्णय नमान्ने उनीहरूको धारणा छ । शुक्रबारको निर्णयले पार्टीलाई थप धरासयी बनाएको हुँदा देशभरका कांग्रेस कार्यकर्ता सचेत हुने बेला आएको बताए ।

उनले महासमिति बैठकपछि संशाेधन गरिएकाे पार्टी विधानकाे धज्जी उडाउने काम सभापति देउवाबाट भएकाे आराेप पनि लगाए । 

“१२ सय बढी महासमिति सदस्यहरूकाे बैठकपछि पार्टीकाे विधान संशाेधन भएकाे १ वर्ष पनि पुगेकाे छैन,” उनले थपे, “महाधिवेशनकाे कार्यतालिका सार्वजनिक गर्ने नाममा आफुखुशी विधानका दफा निलम्बन गरिएकाे छ ।” 

पार्टी विधानकाे व्यवस्था निलम्बन गर्ने कुरा बहुमतबाट हुन नसक्ने भन्दै त्यसमा सहमति नखाेजिएकाेमा पनि आक्रोश पोखे ।

महामन्त्री शशांक काेइरालाले पार्टीभित्र एकतामा जाेड दिँदै बहुमतबाट गरिएकाे निर्णयले पार्टीलाई कमजाेर बनाउने बताए ।

सहमतिका लागि छलफल भइरहेकै बेला एक्कासी निर्णय भएकाे भन्दै काेइरालाले असन्तुष्टि व्यक्त गरे । 

“पार्टी सहमतिमा अघि बढ्नुपर्छ । मैले सँधै पार्टी एकताकाे पक्षमा बाेल्दै आएकाे छु,”   उनले भने, “हिजाेकाे निर्णय राम्राे भएन । सभापतिले नै एकताका लागि बढी पहल गर्नुपर्छ ।” 

पूर्वमहामन्त्री एवं वार्ता टाेलीका संयाेजक प्रकाशमान सिंहले सहमतिका पक्षमा आफुहरू हुँदाहुँदै पनि सभापति देउवा पक्षले बहुमतकाे दम्भ देखाएकाे बताए । 

“धेरै विषयमा सहमति नजिक थियाैं । हामीले थप वार्ता गरेर टुंगाे लगाउँ भनेर आग्रह पनि गर्याैँ । तर, उहाँहरूले सहमति भन्दा वार्ताका नाममा अल्मल्याउने मात्र काम भयाे,”  सिंहले भने । उनले पनि बहुमतबाट गरेकाे निर्णयमा आपत्ति जनाउँदै साे निर्णय स्विकार गरणन नसकिने बताए । 

शुक्रबार कांग्रेस बैठकले महाधिवेशन ०७७ फागुनमा गर्ने, विभाग बढाएर ४७ वटा बनाउने, तरूण दलकाे कार्यकाल ६ महिना थप गर्नेसहित विभिन्न ९ वटा निर्णय गरेकाे थियाे । 

वरिष्ठ नेता पाैडेल समूहले भने साे बैठक बहिष्कार गरेकाे थियाे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro