site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धरहरा संग्रहालयमा २०७२ को भूकम्प अनुभव कक्ष बन्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । धरहरा परिसरमा बन्न लागेको संग्रहालयमा २०७२ को गोरखा भूकम्पको अनुभव गर्न पाइने भएको छ । धरहराको ४२ रोपनी ठूलो परिसरमा निर्माणाधीन दुईतले संग्रहालयको एउटा कोठामा भूकम्प अनुभव केन्द्र बन्न लागेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भावि सन्ततीले नेपालीले अनुभव गरेको महाभूकम्प कस्तो थियो ? भन्ने अनुभव गर्न पाउने भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको दुई तलामा निर्माणाधीन संग्रहालयमा धरहरा कस्तो थियो भन्ने जानकारी गराइनेछ । 

तस्बीर संग्रह भएको सो संग्रहालय टक्सारको संग्रहालयमा हुनेछ । माथिल्लो दुई तलामा भुकम्प संग्रहालय बन्नेछ । भुकम्प संग्रहालयको डिजाइन हाल भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले अडियो भिडियोसँगै अनुभव कक्ष बनाइन लागेको जानकारी दिए । यसैगरी उद्धार तथा राहतको काम कसरी भयो भन्ने भिडियो फुटेज देखाइने छ । अर्कातर्फ पाधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाको काम कसरी सम्पन्न भयो भन्ने पनि सोही संग्रहालयमा पावरप्वाइन्ट प्रस्तुती दिइनेछ ।

संग्रहालयको चौथो कम्पोनेन्टमा नेपाललाई भूकम्प प्रतिरोधी बनाउने सरकारको कस्तो योजना छ भन्नबारे जानकारी गराइनेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, “जस्तो भूकम्प गएको थियो फेरि त्यस्तो भूकम्पको विनास भोग्नु नपर्ने गरी सबै सरोकारवाला निकायको पूर्वतयारी र उनीहरुको दायित्वबारे सोही कक्षमा जानकारी गराइनेछ ।”

Global Ime bank

एक वर्षअघि निर्माण शिलान्यास गरिएको धरहराको ३३ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । हालसम्म भएको कार्य प्रगति विश्लेषण गर्दा धरहराको दुई भूमिगत तला (बेसमेन्ट) बाहेक तीन तलाको ढलान सम्पन्न भएको छ । अहिले चौथो तलाको काम भइरहेको छ । हरेक महिना दुई तलाको काम सक्ने तालिका छ ।

धरहरा निर्माणमा हालसम्म ७५ करोड रुपैयाँ खर्च भइसकेको छ । धरहराको निर्माण कार्य ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नयाँ धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिँदै छ । गजुरसहित नयाँ धरहराको उचाई करिब ७७ मिटरको हुनेछ । पुनर्निर्माण हुने धरहराको स्वरुप क्षतिग्रस्त धरहराको जस्तै हुन्छ । बाहिरबाट ११ तला देखिने धरहराको भित्र २२ तला हुनेछ । तीमध्ये २० औं तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ । 

लिफ्टमा चढेर २० औं तलामा पुगेपछि त्यहीँबाट काठमाडौं अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन् । त्यसको भुइँ तलामा धरहरासम्बन्धि संग्रहालय हुनेछ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ ।

नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन् भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको हो ।

धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्दै छ ।  जसमा ३४७ वटा कार र ७ सय मोटरसाइकल अट्ने पार्किङ् हुनेछ । साबिकको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा पार्किङ स्थल बनाउन लागिएको हो ।

अहिले भएको गोश्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ । प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ । पुनर्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिने प्राधिकरणले जानकारी दिएको छ । पुरातात्विक महत्वलाई भने बिग्रन दिइने छैन ।

यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट तहसनहस भएका संरचनालाई अहिले सुरक्षित र आकर्षक रुपमा पुनर्निर्माण सम्पन्न भएका र हुँदै गरेका संरचनाले प्रतिस्थापन गर्दै गरेको दाबी गरेको छ ।

पुनर्निर्माण सम्पन्न भएका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको छ । निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएका कुल ७ लाख ८० हजार १६५ लाभग्राहीमध्ये हालसम्म ४ लाख ८२ हजार ३२३ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ, जुन अनुदान सम्झौता गरेका उल्लेखित लाभग्राहीको ६२ प्रतिशत हो । १ लाख ८९ हजार ४१ वटा घर बन्दैछन्, यो २४ प्रतिशत हो । 

कुल क्षतिग्रस्त ७ हजार ५५३ विद्यालय मध्ये ५ हजार ३८० अर्थात ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने १७ सय ८७ विद्यालयको पुनर्निर्माण भइरहेको छ । त्यस्तै ३२ जिल्लाका ८९१ सम्पदामध्ये ३८७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । १२३ वटा सम्पदा पुनर्निर्माणको क्रममा छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्दि बैठक, साँखुको बज्रयोगिनी, प्रसुति गृह, वीर अस्पताल, नेपाली सेनाको जंङ्गीअड्डा लगायतको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए । उनका अनुसार धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार (उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग), दरबार हाइस्कूल जस्ता मुख्य संरचनाहरुको पुनर्निर्माण भइरहेको छ । यस्तै गुम्बा पुनर्निर्माणका कार्यहरु अघि बढाइएको छ ।

ज्ञवालीले आफूहरुले सोचेको गतिमा सम्पदा निर्माणकार्य अघि बढाउन नसकिने अनुभव सुनाए । उनले भने, “डिजाइनमा कुनै समस्या नभए पनि कुन प्रकृतिको कस्तो सामाग्री प्रयोग गरेर निर्माण गर्ने भन्ने दुविधा भयो ।” प्राधिकरणले सबै सराकारवाला पक्षलाई समेटेर काम अघि बढाएको र अबको एक वर्षभित्र निर्माण कार्य सकिने बताए ।

वास्तुकला, इँटालगायत निर्माण सामाग्रीका कारण निमाृणमा ढिलाइ भएको उनको दाबी छ । ज्ञवालीले थपे, “यहाँ आवश्यक इँटा उपादन गर्ने इँटाभट्टा नै रहेनछन् । त्यसैले इँटाजस्ता निमाृण सामाग्रीको रिमोडलिङ गरेर उत्पादन गरेर काम सुरु गरेका छौं ।” कहिले कुन समूहले त कहिले कुन समुदायले गर्दा निर्माणको काम प्रभावित भएको दाबी पनि उनले गरे । 
पुनर्निर्माणको क्रममा सहरी क्षेत्रका निजी आवास तथा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणका लागि विश्व सम्पदा क्षेत्र र परम्परागत बस्तीहरुको गुरुयोजना तयारीसहित विशेष योजनाहरु कार्यान्वयन हुँदैछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement