site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुख चयन कहिले ? नेकपामै विवाद !
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभा गत असोज २ गतेदेखि सभामुखविहीन छ । सभामुख नभएकै कारण प्रतिनिधिसभाको पाँचौं अधिवेशन बोलाउनै विलम्ब भएको थियो । 

करिब २ महिनासम्म संसदको बैठक नै बसेन । पुस ४ गतेबाट बल्ल प्रतिनिधिसभाको पाँचौं अधिवेशन सुरु भयो । 

पहिलो बैठक सभामुखको अनुपस्थितिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेकै अध्यक्षतामा बस्यो । 

KFC Island Ad
NIC Asia

सो बैठकले निधन भएका केही पूर्वसांसदहरुको शोक प्रस्ताव पारित गर्‍यो । र, पुस ११ गते अर्थात् भोलिका लागि बैठक आह्वान गर्‍यो । 

पुस ४ गते संसद बैठकअघि नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिको बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने भन्दै गृहकार्यका लागि एक हप्ता संसद् नचलाउने निष्कर्ष निकालेको थियो । 

Royal Enfield Island Ad

तर, यो अवधिमा उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया सुरु गराउने नेकपाको तयारी पुरा हुन सकेन । 

शुक्रबार बैठक सुरु हुने समय दिउँसो १ बजे अघिसम्म उपसभामुखले राजीनामा नगरेमा सभामुख चयन प्रक्रिया अघि नबढ्ने संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

बैठक अगावै आउला त उपसभामुखको राजीनामा ? 

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था संविधानले गरेको छ । वर्तमान उपसभामुख तुम्बाहाम्फे तत्कालीन एमाले र हालको नेकपाका तर्फबाट उपसभामुख निर्वाचित भएकी हुन् । यस्तो अवस्थामा उनी उपसभामुख कायम रहँदा नेकपासँग रहने विकल्प भनेको सभामुख अर्को दललाई दिने हो । 

अन्यथा, उनलाई राजीनामा गराएर सभामुख, उपसभामुख निर्वाचन प्रक्रिया अघि बढाउने हो । 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेकपा सभामुख अरुलाई दिने मनस्थितिमा नरहेको बताउँछन् । 

त्यसका लागि उपसभामुखको राजीनामा अनिवार्य नै हुन जान्छ । “अहिले सभामुख पद लामो समय रिक्त रहेको अवस्था छ । यति रिक्तताको संविधानले कल्पना गरेको छैन । यो अलि बढी लामो भयो,” बुधबार बाह्रखरीसँग कुरा गर्दै नेम्वाङले भनेका थिए, “यस्तो अवस्थामा ११ गते हुने बैठकले सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनुपर्ने प्रष्ट छ ।” 

उनले अहिले सत्तापक्षले सभामुख पदमा उमेदवार उठाउने निष्कर्षमा पुगेको पनि बताए । 

सभामुख पाउन उपसभामुख छोड्नुपर्ने भन्दै नेम्वाङले भने, “११ गते बस्ने प्रतिनिधिसभा निर्वाचन अगावै उपसभाुखज्यूले राजीनामा दिएर सभामुख, उपसभामुख निर्वाचनको प्रक्रियाको लागि मार्गप्रशस्त गर्नुपर्ने हुन्छ ।” 

तर, उपसभामुख तुम्बाहाम्फेले समाचार तयार पार्दासम्म नेम्वाङले भनेजस्तो मार्गप्रशस्त गरेको अवस्था छैन । 

किन आएन राजीनामा ?

नेकपा स्रोतका अनुसार सभामुखको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच एकमत देखिएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारी उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बनाउनुपर्ने पक्षमा छन् । तर पूर्वमाओवादीले सभामुख आफूहरुले पाउनुपर्ने अडान कायमै राखेका छन् ।

‘पूर्वमाओवादीले सभामुख किन छाड्ने ?’

यसैबीच नयाँ सभामुखको चर्चा चलिरहेका बेला पूर्वमाओवादी केन्द्रले दाबी नछाड्ने भएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दाबी नछाड्ने बताए ।

“दुई अध्यक्षबीच कुराकानी भइरहेका होला । कमिटीका बैठकमा यसबारे छलफल हुने कुरा भएन । दुई अध्यक्षले अरूसँग पनि परामर्श गरिरहनुभएको होला, निष्कर्ष निस्किएको छैन,” उनले बाह्रखरीसँग भने ।

कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि जेल चलान भएपछि बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरेकी छन् ।

नेकपाले हिउँदे अधिवेशनको दोस्रो बैठक अगावै उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारी गरेको भए पनि उनले ‘बार्गेनिङ’ गरिरहेको स्रोतको बताउँछ ।

पौडेल भने दुई अध्यक्षबीच सभामुखको टुङ्गो लागि नसकेको दाबी गर्छन् । “सभामुख पूर्वमाओवादी केन्द्रले नै पाउनुपर्छ भन्ने हाम्रो अडान हो । अध्यक्षसँग कुराकानी गर्दा अहिलेसम्म दाबी छाडेको बुझिएको छैन, दाबी छाड्नुपर्ने कारण छैन,” उनले भने ।
पूर्वमाओवादी केन्द्र समूहले अग्नि सापकोटालाई नै अगाडि सारेको उनको दाबी छ ।

“अहिलेसम्म अग्नि सापकोटाकै चर्चा छ । अरूको आकाङ्क्षा त हुन सक्छ, छलफल भएको छैन,” उनले भने । पूर्वमाओवादी केन्द्रमा अग्निका अतिरिक्त देव गुरुङ, पम्फा भुसाल, ओनसरी घर्तीले पनि सभामुखका लागि आकाङ्क्षा देखाएको भए पनि छलफल नभएको उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro