site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीबारे नेकपामा ‘झगडा’ !
SkywellSkywell

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायता नियोग अन्तर्गत मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (कर्पोरेसन)बारे सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी बैठकमा चर्काचर्की नै चलेको छ ।

स्थायी कमिटी सदस्य भीम रावल, लिलामणि पोखरेल, देव गुरूङले अमेरिकाले हिन्द–प्रशान्त रणनीतिकै हिस्सा (अंग) भएको भन्दै चर्को रूपमा कुरा उठाएका छन् । स्थायी कमिटी सदस्यबीच मत बाझिएपछि बैठक अनिर्णित बन्न पुगेको सदस्यहरू बताउँछन् ।

“परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जसरी पनि पास गर्नुपर्छ भनिरहनुभएको छ । यो इन्डो प्यासिफिक रणनीति अन्तर्गत छैन भनेर भन्नुभएको छ । तर हामी केही सदस्यहरूले सम्झौताको बुँदा पढेर प्रष्ट हुनुप¥यो भनेका छौं । अमेरिकाको मात्रै पैसा होइन, हाम्रो पनि १४ अर्ब पैसा समावेश हुन्छ । अमेरिकामा चाहिँ स्वीकृत प्राप्त लेखा परीक्षकले लेखा परीक्षण गर्ने, हाम्रो महालेखाले गर्न नपाउने सम्झौता छ । सम्झौता र नेपालको कानुन बाझिएको सन्दर्भमा हाम्रो कानुन निष्कृय हुने तर सम्झौता लागु हुने, यस्ता विभिन्न कुरा परिमार्जन हुनुपर्छ,” बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले भने ।

KFC Island Ad
NIC Asia

उनले मन्त्री ज्ञवालीले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अङ्ग नभएको दाबी गरे पनि अमेरिकी सहायक विदेश मन्त्री, राज्यका पदाधिकारीहरूले सार्वजनिक रूपमै इन्डो प्यासिफिक रणनीतिको अङ्ग भनेकाले यस विषयमा नेकपा, बैठक प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

यसअघि भीम रावलले पनि एमसीसीको सर्त, बन्देज कुनै पनि स्वाधीन मुलुकका लागि मान्य हुन नसक्ने भन्दै संशोधन आवश्यक रहेको औंल्याएका थिए ।

Royal Enfield Island Ad

“अमेरिकाले नेपालको प्रशारण लाइन र यातायाताको विकासका लागि खोजेको हो भने केही बुँदा संशोधनको आवश्यकता छ,” उनले सम्झौताको दफा औंल्याउँदै भने, “अमेरिकी सहायक विदेश मन्त्रीहरूले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनेकाले नेपाललाई दिइने सहयोग उक्त परियोजना अन्तर्गत छैन भने दुईदेशबीच कुराकानी गरेर अगाडि आयो भने, भारतको कुरा निकालियो भने नेपालको स्वाधीनता, सर्वोच्चता स्थापित हुने भयो भने सहयोग नलिनुपर्ने कुनै कारण छैन ।”

स्थायी कमिटी सदस्य लिलामणि पोखेरेलले पनि बैठकमा सम्झौताका बुँदामाथि प्रश्न उठाएका थिए । अझ उनले त एमसीसी इन्डो प्यासिफिक रणनीतिकै अङ्ग हो भनेर लिखित धारणा नै बैठकमा पेस गरेका थिए ।

पोखरेलले बैठकमा पेस गरेको लिखित धारणामा एमसीसी इन्डो प्यासिफिक रणनीतिकै अङ्ग हो भने पुष्टि गर्ने प्रयत्न गरिएको छ । उनले अमेरिकी विदेश सहायकमन्त्री एसिल वेल्सले भियतनाम भ्रमणताक नेपाललाई एमसीसी अन्तर्गत दिइन लागेको सहायता रकम हिन्द प्रशान्त रणनीतिकै भाग भएको कुरा तथ्यका रूपमा प्रस्तुत गरेको बताएका छन् ।

“अमेरिकी स्टेट डिपार्टमेन्टका दक्षिण एसियाका लागि निमित्त रक्षामन्त्री डेभिड जेराञ्जले १४ मे २०१९ मा नेपाल भ्रमणका बेला पत्रकारसँग भनेका थिए– यस कार्यक्रमले नेपालको ऊर्जा क्षेत्रको विकासमा मात्र होइन क्षेत्रीय सम्पर्कमा अभिवृद्धि गर्नेछ । यस्तो क्षेत्रीय सम्पर्क हिन्द प्रशान्त रणनीतिको अत्यन्त महत्त्वपूर्ण पक्ष हो । नेपाल समेत हिन्द प्रशान्त क्षेत्रमा स्वतन्त्र, खुला र नियममा आधारित प्रणाली सुनिश्चित गर्न अमेरिकी सरकारको सम्पूर्ण प्रयास रहेको छ,” उनले बुझाएको लिखित धारणामा उल्लेख छ ।

अमेरिकी अधिकारीहरूको धारणाले एमसीसी परियोजनाअन्तर्गत नेपाललाई दिइन लागेको रकम हिन्द प्रशान्त रणनीतिक अन्तर्गतै रहेको र हिन्द प्रशान्त रणनीति सैन्य मामलामा केन्द्रित रहेको पोखरेलको टिप्पणी छ ।

पोखरेलले एमसीसी परियोजनाअन्तर्गत नेपालभित्र कुनै पनि कारोबार गर्दा लाग्ने दस्तुर, कर, भ्याट तथा भन्सारआदि कुनै पनि नलाग्ने गरी पूर्ण छुट गरिनु नेपालको प्रचलित ऐन, कानुन विपरीत रहेको बताए ।


अरूण तेस्रो बनाउने भए भनेको पनि सुनियो !

उनले एमसीसी परियोजनालाई कतिपयले अरूण तेस्रोसँग तुलना गरेको सुन्दै नेकपाले त्यसैगरी फिर्ता पठाउने भयो भनेर टिप्पणी गरेकाप्रति आपत्ति प्रकट गरे ।

“कतिपयले अरूण तेस्रोसँग तुलना गरेर एमसीसी पनि जाने भयो भन्ने गरेको सुनेको छु । यो भ्रमपूर्ण छ । अरूण तेस्रो भनेको हाम्रो देशको आफ्नो नदीमा गरिने विकास आयोजना थियो । त्यो आयोजनामा विश्व बैंकले लगानी गर्दा त्यतिबेला सरकार ढल्नै आँटेको थियो । चुनाव हुन लागेको थियो । चुनाव हुनै लागेकाले यससम्बन्धी विस्तृत सम्झौता आउने सरकारले गर्छ भनेर त्यतिबेला हाम्रो पार्टी (एमाले)ले भनेको हो, विरोध गरिएको थिएन । त्यतिबेलाको तथ्य बंग्याएर कतिपयले इन्डो प्यासिफिक रणनीतिको साझेदार अंग बन्न खोजिरहनुभएको छ । यो आश्चर्यजनक छ,” उनले भने ।

उनले अमेरिकी सरकारको सैन्य रणनीतिसँग सम्बन्धित छैन भनेर सम्झौताका दफाहरूले प्रष्ट पार्ने, नेपाल–अमेरिका दुवै देशको सार्वभौम समानताको आधारमा दुईदेशबीच सम्झौता हुने हो भने विवाद गर्नुनपर्ने धारणा राखे ।

विधान संशोधनले धकेल्यो बैठक

एक वर्षपछि बसेको नेकपा स्थायी कमिटीको बैठक शनिबार पनि टुंगिएन ।  ६ दिनसम्म स्थायी कमिटी सदस्यले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिए पनि चित्त नबुझेपछि पुनः सदस्यहरूले प्रश्न उठाएका छन् ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालले विधान संशोधनमा गाँठो नफुकेपछि बैठक धकेलिएको जानकारी दिए ।
 
उनका अनुसार केन्द्रीय कमिटीमा उपाध्यक्षको पद सिर्जना गर्न स्थायी कमिटी सदस्यहरू एकमत छन् । तलका कमिटीमा भने उपाध्यक्ष पद अहिले नै सिर्जना नगरिने उनले जानकारी दिए ।
 
बैठकमा दुईजना महिला थपेर सचिवालयको संख्या बढाउन र १५ पुर्‍याउन अष्टलक्ष्मी शाक्य र पम्फा भुसालले माग गरेका थिए । नेकपा सचिवालय महिलाविहीन छ । तर अहिले नै महिलाको संख्या नथपिने र सचिवालयको संख्या पनि नबढाइने भुसालले जानकारी दिए ।

बरु प्रदेश–जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको अध्यक्षतामा बैठक राख्ने र संगठित सदस्यलाई कमिटीमा आवद्ध गराउने विषयमा बैठक निष्कर्षमा पुगेको छैन ।  मौजुदा विधानमा संगठित सदस्य प्राप्त गरेपछि कुनै न कुनै कमिटीमा आवद्ध गराउनुपर्ने प्रावधान छ ।  त्यसो गर्दा जनसंगठनमा रहेकाहरू दोहोरो जिम्मेवारीमा पर्ने हुँदा उनीहरूको हकमा के गर्ने भनेर बैठक निचोडमा पुगिनसकेको भुसालले जानकारी दिए ।

स्थायी कमिटीको बैठक आइतबार बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ । आइतबार बस्ने बैठकले विधान संशोधन प्रस्ताव र राजनीतिक प्रतिवेदन सुझावसहित पारित गर्ने विश्वास भुसालले व्यक्त गरे ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro