site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम रावलको प्रश्न, ‘ढाँटेर राजपासँग किन सहमति गरियो ?’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरूले राजपासँगको दुईबुँदे सहमतिप्रति आपत्ति प्रकट गरेका छन् ।

बिहीबारको स्थायी कमिटी बैठकमा समय मागेर बोल्दै भीम रावलले विधि र पद्धति अवलम्बन गरेनौं भने पार्टीलाई चलाउन नसकिने भन्दै सहमतिको औचित्यमा प्रश्न उठाएका थिए ।

“स्थायी कमिटीको बैठक लामो समयसम्म राख्न नसकेकाप्रति राजनीतिक प्रतिवेदनमा गल्ती स्वीकार्ने । आगामी दिनमा गल्ती हुने छैनन् भनेर बैठकमा भन्ने,” उनले भने, “तर पार्टीको बैठक भइरहेका बेला बैठकलाई कुनै जानकारी नदिई, छलफल नगरी, बालुवाटारमा गएर तपाईंहरूले कसरी सहमति गर्नुभयो भनेर गम्भीर रूपमा उठाइएको छ । यहाँ विस्तृत छलफल हुन पाएन ।”

उनले राजपासँगको सहमतिबारे स्थायी कमिटीलाई जानकारी गराइनुपर्ने र  सहमतिको औचित्य पुष्टि हुनुपर्ने बताए ।

राजपासँगको सहमतिबारे सचिवालय सदस्य माधवकुमार नेपालले पनि प्रश्न उठाएको रावलको भनाइ थियो । नेकपाले बुधबार राजपासँग राष्ट्रियसभामा तालमेल गर्नेगरी दुईबुँदे सहमति गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro