site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा र राजपाबीच दुईबुँदे सम्झौता, राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र   राष्ट्रिय जनता पार्टीबीच राष्ट्रिय सभाका ४ सांसद भागवण्डा गर्ने सहमति भएको छ ।  बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबिच दुई बुँदे सहमति भएको हो । 

जसमा प्रदेश नम्बर २ मा रिक्त हुने चार स्थानमध्ये २ मा राजपा र २ मा नेकपाले लिने गरी सहमति भएको छ । नेकपाले महिला र दलित पुरुष तर्फ र राजपाले अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको स्थानमा रिक्त रहेको ठाउँमा आफ्नो सांसद बनाउने  सहमतिमा उल्लेख छ । माघ ९ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ । 

त्यस्तै राजपा र नेकपाबीच समसामयिक  राष्ट्रिय राजनीतिका बारेमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ । सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले हसताक्षर गरेका छन् भने राजपाकातर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सम्झाैता

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro