site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 प्रचण्डको राजनीतिक प्रतिवेदन– गल्ती नै गल्तीको ‘संग्रह’
SkywellSkywell

काठमाडौं । “विशेष परिपत्र– ६ मा स्थायी कमिटीको दोस्रो बैठक यही मंसिर २९ र ३० गते हुने भनिएको छ । यता राजनीतिक प्रतिवेदनमा स्थायी समितिको चौथो बैठक भनिएको छ । यसले हाम्रो सचिवालयको अभिलेख प्रणाली र काम गराइ कति कमजोर छ भन्ने प्रष्ट पार्छ,”– सर्कुलर र राजनीतिक प्रतिवेदनमा स्थायी कमिटीको बैठक संख्या नै बाझिएपछि सदस्य बेदुराम भुसालले गरेको टिप्पणी हो यो ।

उनले आइतबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन वस्तुपरक भन्दा पनि त्रुटिपूर्ण रहेको टिप्पणी गरे ।

स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ११ पाने राजनीतिक प्रतिवेदन वर्ण विन्यासका दृष्टिले मात्र होइन तथ्यका हिसाबले पनि त्रुटिपूर्ण देखिन्छ । र, यसलाई समस्याग्रस्त दस्तावेजका रूपमा पनि औंल्याउन सकिन्छ ।

KFC Island Ad
NIC Asia

त्यसो त अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन रक्षात्मक रहेको भन्दै पार्टीवृत्तमै बहसको विषय पनि बनिरहेको छ ।

सामान्यतः आलोचना र आत्मआलोचना बैठकको कार्यसूचीको अन्तिममा राखिने चलन छ, एजेण्डाको रूपमा । माइन्युटमै एकमुष्ट निर्णय गरेर सबै सदस्यले आ–आफ्ना गल्ती–कमजोरी स्वीकार गर्दै नदोहोर्‍याउने प्रण पनि गर्छन् । 

Royal Enfield Island Ad

तर, यसपल्ट अध्यक्ष प्रचण्डले राजनीतिक दस्तावेजको आरम्भमै एक वर्षसम्म स्थायी कमिटी बैठक आह्वान हुन नसक्दा विधिको पालना र विचार निर्माण–परिमार्जनमा गम्भीर प्रश्न उठेको र यसले विचलनतिर डोर्‍याउने सङ्केत गरेका छन् ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने कमीकमजोरी देखाउने र स्वीकार्ने सवालमा पनि राजनीतिक प्रतिवेदन त्रुटिपूर्ण रहेको बताउँछन् ।

प्रतिवेदनको दोस्रो पानामा कमी कमजोरीका पक्ष, पाटोलाई खुलस्तरूपमा स्वीकार गर्ने, तिनबाट शिक्षा लिने, सच्याउने परम्पराले नै कम्युनिस्ट पार्टीलाई अपराजेयतातिर लैजाने र औचित्य पुष्टि हुने बताए पनि गल्ती स्वीकार्ने सवालमा अध्यक्ष अझै खुल्न नसकेको र नेतृत्वले कमीकमजोरी खुला–खुलस्त रूपमा स्वीकार गरेर प्रतिवेदन नल्याएको बेदुरामको टिप्पणी छ ।

स्थायी कमिटी कि समिति ?

अध्यक्ष प्रचण्डको राजनीति प्रतिवेदन स्थायी कमिटीको ‘टर्मेनोलोजी’मै द्विविधाग्रस्त देखिन्छ । नेकपाको अन्तरिम विधानमा स्थायी कमिटी उल्लेख गरिएको छ । तर स्थायी कमिटीको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनको हेडिङमै ‘स्थायी समितिको चौथो बैठकमा प्रस्तुत’ राजनीतिक प्रतिवेदन उल्लेख छ ।

यसमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलकै मत बाझिएको छ । महासचिव पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा भने स्थायी कमिटी शब्दावली प्रयोग भएको छ ।

यसो हुनुमा दुईथरी स्कुलिङले काम गरेको प्रष्ट हुन्छ । पूर्वमाओवादी केन्द्रले स्थायी समिति प्रचलनमा ल्याएको थियो । साविक एमालेले स्थायी कमिटी नै भन्दै आएको थियो । 

स्थायी कमिटीको टर्मेनोलोजीमा बेदुराम भुसालले नै प्रसंग उठाएका छन् । पार्टी विधानको धारा– १८ (छ)मा स्थायी कमिटी उल्लेख भएकाले राजनीतिक प्रतिवेदनमा एकरूपता कायम गर्न सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनको उपनिर्वाचनको परिणाम पनि त्रुटिपूर्ण छ ।

राजनीतिक प्रतिवेदनको पृष्ठ नौमा उपनिर्वाचन परिणाम विश्लेषण गर्दै चुनाव भएका ५२ स्थानमध्ये पहिले जितेका १८ स्थान कायम राख्न सकिएको उल्लेख गरिएको छ । र, नयाँ ११ स्थान थपिएको चर्चा गरिएको छ । 

जबकि, नेकपाले यो उपनिर्वाचनमा २० स्थान कायम राख्न सकेको थियो । कास्की–२, दाङ र बाग्लुङको प्रदेशसभा र १६ वटा वडा नेकपाले कायम राख्न सक्यो । स्थायी कमिटी सदस्य बेदुराम भुसालले पनि पार्टीले तथ्याङ्क व्यवस्थित राख्न नसकेको भनेर बैठकमा आलोचना गरे ।

आधारभूत कार्यक्रममै अन्यौल

२४ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद रहनेगरी विधान संशोधन गर्ने निर्णय गरेको थियो । सोही अनुसार महासचिव पौडेलले विधानको प्रस्तावना संशोधन गर्नेगरी प्रस्ताव बैठकमा पेस गरेका छन् ।

तर महासचिव पौडेलले बैठकमा पेस गरेको प्रस्तावनाको वाक्यांशसँग अध्यक्षको राजनीतिक प्रतिवेदन मेल खाँदैन । संगती मिल्दैन । 

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनको पाँचौं पानामा पार्टीको राजनीतिक प्रतिवेदन र विधानबारे सिंगो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाइमा एकरूपता ल्याउन जरुरी छ भन्दै पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद मात्रै उल्लेख छ । 

“आज हाम्रो पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो भन्ने कुरा स्पष्ट पारिनुपर्छ,” भनिएको छ । यसले विधान र राजनीतिक प्रतिवेदन स्पष्ट पार्ने नाममा विचार–कार्यदिशामा झन् अन्योलता खडा गरेको छ ।

सरकारको कामहरूको सामान्य समीक्षा !

गत वर्ष मंसिर २९ गते सुरू भएर पुस १२ गते सकिएको स्थायी कमिटी बैठकको निचोड–निष्कर्ष थियो– अलग्गै बैठक राखेर सरकारको कामको समीक्षा गर्ने ।

स्थायी कमिटी सदस्यहरूले सरकारको कार्यशैली, काम गर्ने तौरतरिकामा व्यापक प्रश्न उठाएपछि पार्टी नेतृत्वले अर्को बैठकमा सरकारको काम–कारवाहीबारे तुरून्तै अर्को बैठक राखेर समीक्षा गर्ने गरी थामथुम पारेको थियो ।

एक वर्षपछि बैठक आह्वान गर्दा पनि अध्यक्ष प्रचण्डले सरकारको कामकारवाहीको मूर्त र मिहीन वस्तुनिष्ठ समीक्षा गर्न सकेका छैनन् ।

अध्यक्ष प्रचण्डले सरकारका कामकारवाही बारे भइरहेका गुनासा र असन्तुष्टिलाई ‘नितान्त नयाँ प्रणालीको नितान्त नयाँ अभ्यास, पार्टी एकताको ढिलाइ’ कारण देखाउँदै सामान्यीकरण गर्ने प्रयास गरेका छन् ।

पार्टी एकताले पूर्णता पाइसकेकाले र विभिन्न तहमा कमिटीहरू क्रमशः क्रियाशील भइरहेकाले पार्टी र सरकारको कामको बीचमा समन्वय हुने र प्रभावकारिता वृद्धि हुने उनको अपेक्षा छ ।

अनेकौं जटिलता, चाङका चाङ चुनौती र प्रतिकूलताका बीच पनि सरकारले संविधानको कार्यान्वयन, विकास, निर्माणमा गति सामाजिक न्याय स्थापित भएको र सामाजिक सुधारको थालनी भएको, आर्थिक वृद्धि उकालो चढ्दै गएको र वैदेशिक सम्बन्ध विस्तार हुन सकेको भन्दै सरकारको कामप्रति सन्तोष देखाएका छन् । 

नेकपा संस्थागत छैन !

अध्यक्ष प्रचण्डले केही समयअघि गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा ‘पार्टीलाई अल्सर भइसकेको’ भन्दै ‘डायग्नोसिस’ गर्ने प्रयत्न गरेका थिए ।

जारी स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पनि यही भाव मुखर भएको छ । अझ एक कदम अघि बढेर उनले नेकपा संस्थागत नै हुन नसकेको टिप्पणी गर्न भ्याएका छन् ।

पार्टीभित्र विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका, पार्टीभित्र घात, अन्तर्घात, अराजकता हावी हुन थालेको र पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा पुगेको निष्कर्ष निकाल्दै उनले भनेका छन्– “पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ ।”

यसको जवाफ बेदुराम भुसालले राम्रै दिएका छन् । उनले पार्टी संस्थागत छैन भन्दा पार्टी अस्तित्वमै नरहेको अर्थ लाग्ने भन्दै सच्याउन आग्रह गरेका छन् ।

भुसालले एक वर्षसम्म पार्टी कमिटीका बैठक नराख्ने, नेतृत्वबाटै पार्टी विधानको उल्लङ्घन हुने र सचिवालय बैठकले विधान मिचेर निर्णय गर्दा पार्टीभित्र अराजकता, अनुशासनहीनता संस्थागत हुन पुगेको निष्कर्ष निकालेका छन् । 

“यतिबेला हाम्रो मुख्य कमजोरी पार्टी विधानको पालना नहुनु हो । पार्टी विधानको पालना नगर्ने काम अन्यत्रबाट होइन केन्द्रीय सचिवालयबाट नै भइरहेको छ । विधानअनुसार बैठक राखिएको छैन । सचिवालयको निर्णय गर्दा विधान मिचेर गरिएको छ । स्थायी कमिटी गठन गर्दा नै विधान मिचिएको छ । केन्द्रीय कमिटीको कार्यविभाजन गर्दा विधान मिचिएको छ । प्रदेश कमिटी गठन गर्दा विधान मिचिएको छ । पार्टी सदस्यता प्राप्त नगरेकालाई प्रदेश कमिटीमा राखिएको छ । स्थायी कमिटीले गठन गरेको कार्यदललाई सचिवालयले काम गर्न रोकेको छ,” भन्दै उनले शीर्ष तहबाट भएका विधान र अनुशासन उल्लङ्घनका दर्जन दृष्टान्त लिखित रूपमा प्रस्तुत गरेका छन् ।

पार्टी अध्यक्षको प्रतिवेदन कमजोरी स्वीकार गर्ने नाममा झनै ढाकछोप गर्ने उद्देश्यले आएको उनले उनको निष्कर्ष छ ।

पार्टीमा गुटबन्दी बढेको अध्यक्षको निष्कर्ष पनि अमूर्त भएको स्थायी कमिटीका सदस्यहरूको तर्क छ ।

“पार्टीमा गुट शीर्ष तह र अझ जोड दिएर भन्दा अध्यक्षबाटै बढेको छ । पार्टी कार्यालयभन्दा अध्यक्षहरूको घर–निवास सक्रिय भएका छन् । यसको असर तलतलसम्म परेको छ । गल्ती आफू गर्ने अरूलाई औंल्याउन मिल्दैन । आत्मआलोचना गरेर गल्ती नदोहोर्‍याउने प्रण गर्नुपर्छ,” एक स्थायी कमिटी सदस्य भन्छन् ।

“कमजोरी स्वीकारेर मात्र पार्टी शुद्धीकरण हुँदैन, बरु तुरुन्दै सच्याएर अघि बढ्नुपर्छ,” उनको निचोड छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २, २०७६  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro