site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहिद स्मारक ए डिभिजन लिग भोलिदेखि, अधिकांश प्रशिक्षकको च्याम्पियन बन्‍ने रणनीति
Sarbottam CementSarbottam Cement

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । साढे दुई महिनासम्म चल्ने लिग शनिबारदेखि सुरु हुन लागेको हो ।
 
लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लब आमनेसामने हुँदैछन् । दुबै क्लब नयाँ लक्ष्यसहित भिड्ने तयारीमा रहँदा अधिकांश क्लबको तयारी च्याम्पियन बन्‍ने नै छ । 

आज भएको प्रि-म्याच कन्फेरेन्समा अधिंकाश क्लबका प्रशिक्षकले च्याम्पियन बन्‍ने लक्ष्य रहेको बताएका छन् । सहभागी हुने १४ मध्ये कन्फेरेन्समा सहभागी नौ क्लबका प्रशिक्षक र कप्तानले उत्कृष्ट प्रदर्शनसहित लक्ष्य भेटाउने दाबी गरे । पाँच क्लबका प्रशिक्षक र कप्तान भने उपस्थित थिएनन् । 

के भन्छन् प्रशिक्षक र कप्तान ?

Prabhu Bank
Agni Group
NIC Asia

१. मनाङ मर्स्याङ्दी 

गत संस्करणको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक तोपे फुजाले तयारी राम्रो भएको र खेलाडीले राम्रो प्रदर्शन गर्ने बताएका छन् । उनले गत सिजनका खेलाडी अधिंकाश नरहे पनि टोली राम्रो बनेको बताए । उनले भने, “मैले अन्तिम समयमा टिम हेर्न पाए पनि हाम्रो तयारी राम्रो छ । 
यसपटक पूर्व कप्तान विराज महर्जनसहितका मुख्य खेलाडीहरु टोलीमा नरहे पनि हामीले दबाब महसुस गरेका छैनौं । ठूला खेलाडीहरुभन्दा पनि खेल खेल्नु मुख्य कुरो हो ।” 

Global Ime bank

यसवर्ष उपाधि रक्षा गर्ने प्रयास रहने प्रशिक्षक फुजाको भनाई छ । “हामी खेलमै कन्सर्न छौं । यसपटक उपाधि रक्षा गर्ने प्रयास हाम्रो हुनेछ । हाम्रा मुख्य खेलाडीमा जगजित श्रेष्ठ, अन्जन विष्ट, विमल राना, रन्जन विष्टलगायत छन्”, उनले भने । यद्यपि अन्जन विष्टले लिग खेल्नेबारे अहिलेसम्म निर्णय भएको छैन् । 

२. त्रिभुवन आर्मी 

विभागीय क्लब त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले च्याम्पियन बन्‍ने लक्ष्यसहित टोली लिगका लागि तयारी अवस्थामा रहेको बताए । यसअघिको संस्करणमा बराबरी बढी हुँदा आर्मीलाई समस्या भएको बताएका प्रशिक्षक न्यौपानेले च्याम्पियन बन्‍ने बताए । 

“यसपटक हामीले लिगको उपाधिलाई लक्ष्यमा राखेर तयारी थालेका छौं । खेलाडीको अनुभव र क्षमताका आधारमा उपाधिको दाबी गरेका हौं । गतवर्षको लक्ष्य पनि उपाधि नै भएपनि हामीले धेरै खेलमा बराबरी खेल्दा अंक गुमाउनु परेको थियो । यसपटक त्यसो हुन नदिने तयारीमा हामी छौ”, प्रशिक्षक न्यौपाने भने ।

कप्तान भरत खवासले टोली नियमित अभ्यासमा रहेका कारण च्याम्पियन बन्‍ने बताए । उनले भने, “ उपाधिकै लागि खेल्ने छौं। लिगमा कुनै पनि टिमलाई कम आकेका छैनौं । हामी नियमित प्रशिक्षणमा पनि छौं ।”

३. न्युरोड टिम एनआरटी 

पुरानै क्लबमा फर्किएका न्युरोड टिम एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले शीर्ष ६ मा पर्ने लक्ष्य रहेको बताए । उनले एक महिनाको तयारी गरिएको र शीर्ष ६ मा पर्ने लक्ष्य रहेको बताए । “ एक महिनाको तयारी गर्‍यौं । केही खेलाडीहरु साग टिममा र केही खेलाडीहरु राष्ट्रिय यू-१८ मा व्यस्त भएका कारण हामीले अन्तिम समयमा मात्रै पूरै टिम एकजुट भएर खेल्न पायौं । लिगका लागि हामी तयार छौं । यसपटक म पुरानै क्लबमा फर्किएको छु”, प्रशिक्षक शाक्यले भने ।  

४. मछिन्द्र क्लब 

अधिकाश राष्ट्रिय खेलाडी अनुबन्ध गरेको मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले च्याम्पीयन बन्ने दाबी गरेका छन् । राम्रा र अनुभवी खेलाडी अनुबन्ध गरेका कारण च्याम्पियन बन्‍ने उनको दाबी छ । उनले भने,“ पछिल्लो १८-२० दिन प्रशिक्षण गरेका छौं । स्टार खेलाडीहरु अनुबन्ध गरेका छौं । मैले झापा-११ टिम हेर्दा खेरिकै खेलाडीहरु यसपटक छन् । त्यही भएर पनि मलाई उनीहरुसँग सजिलो छ । सबैले हामीलाई लिगको दाबेदारका रुपमा लिएका छन् ।” 

कप्तान विराज महर्जनले तयारी अपर्याप्त भएपनि राम्रो गर्ने बताए । उनले भने,“ एक महिना जति तयारी गरेको पनि छैनौं । तर खेलाडी उच्च मनोबलमा छन् । नयाँ क्लब, नयाँ साथीहरु छन् । टिम राम्रो फर्ममा छ । फोकस टाइटलमा हो ।” 

५. नेपाल पुलिस क्लब

विभागीय क्लब नेपाल पुलिसका व्यवस्थापक भरत शाहले नियमित अभ्यास हुने भएका कारण तयारी राम्रो भएको बताए । प्रशिक्षक अनन्‍त थापा ए लाइसेन्सको कक्षामा रहेका कारण उपस्थित शाहले भने, “टिमको तयारी सधैँ हुन्छ । विदेशी खेलाडी छैनन् । पहिलेदेखि खेलाडीहरु छन् ।  लिगलाई जित्‍ने गरि तयारी गरेका छौं । तयारी पर्याप्त छैन । कहिले खेलाडी कहिले ड्युटीमा उत्रिनुपर्छ । सकेँसम्म खेलको माध्यमबाट क्लब र देशको पहिचानमा हामी प्रयासरत छौं ।” 

कप्तान भोला सिलवालले पुलिसको पुरानो साख जोगाउन प्रयासरत रहेको बताए । पछिल्लो समय प्रशिक्षक थापा नरहेकाले समस्या भएको बताए । उनले पुलिसलाई पुरानै अवस्थामा ल्याउन कोसिस गर्ने उल्लेख गरे । “ २० दिनदेखि प्रशिक्षक हुनुहुन्‍न। उहाँ ए लाइसेन्सको प्रशिक्षण लिइराख्नु भा'छ । पुरानो साख फर्काउने प्रयास गर्नेछौं । विगतको तुलनामा खेलाडी नभएपनि राम्रो गर्नेछौं ।” 

६. च्यासल युथ क्लब

च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखलले लिगमा उत्कृष्ट प्रदर्शनसहित लक्ष्य ठुलो राखेको बताएका छन् । ए डिभिजन लिगमा डेब्यू गर्न लागेका प्रशिक्षक साहुखलले तयारी राम्रो रहेको लक्ष्य प्रथम हुने रहेको बताए । उनले भने, “मैदानको समस्याले तयारी पर्याप्त भएको छैन । तर पनि हामी राम्रो गर्नेछौं । खेलाडी सहयोगी छन् ।” 

उनको टोलीमा जापानिज् खेलाडी छन् । “जापानिज् खेलाडीहरुको स्तरः टेक्निकल रुपमा अफ्रिकनभन्दा राम्रो छ । तर फिजिकल रुपमा मिट गर्न अलि ग्राहो हुन्छ । कि प्लेयरका रुपमा सन्तोष साहुखल र सुनिल बल छन् ।”

७. एपिएफ क्लब 

विभागीय क्लब एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले दबाबमा नहुने गरी खेल्न बताएका छन् । साउनदेखि लिगका लागि तयारी सुरु गरेको बताएका प्रशिक्षक तामाङले चन्द्रागिरी गोल्डकपबाट खेलाडीको मनोबल उच्च रहेको उल्लेख गरे । 

“लिगकै लागि भनेर साउनको दोस्रो हप्तादेखि तयारी गरेको हुँ । त्यसक्रममा तीनवटा मोफसलको प्रतियोगितामा सहभागी भए । सबैमा पराजित भयौं । पछिल्लो समय चन्द्रागिरी गोल्डकप जित्यौं । खेलाडीको मनोबल उच्च छ । तयारी अनुसार नतिजा ल्याउँछौं , ”तामाङले भने ।

कप्तान टोप विष्टले तयारी राम्रो भएको र नयाँ सिस्टममा खेल्ने बताए । उनले भने, ‘अनुभवी खेलाडी नभएर एकनासको प्रदर्शन हुन सकिरहेको छैन । हामी राम्रो प्रदर्शनको कोसिसमा छौं ।”

८. हिमालय शेर्पा क्लब 

हिमालयन शेर्पा क्लबका व्यवस्थापक अशोक श्रेष्ठले तयारीका लागि मैदानको समस्या भएपनि लक्ष्य गत संस्करणभन्दा उत्कृष्ट खेल्ने रहेको बताए । उनका अनुसार शेर्पा क्लबले लिगको तयारी पोखरामा गरेको छ । अब धुलिखेलमा गर्ने ब्यबस्थापक श्रेष्ठले जनाए । 

“काठमाडौं उपत्यकामा हामीलाई पनि मैदानकै समस्या रह्यो। हामीले लिगका लागि पोखरामा प्रशिक्षण गरेका थियौं। लिग शुरु भएपछि धुलिखेलमा प्रशिक्षण गर्ने तयारी गरेका छौं । हाम्रा सबै खेलाडीहरु पूरानै छन् । गतवर्षमा अंकतालिकामा रहेको भन्दा यसपटक अगाडि आउने हाम्रो लक्ष्य छ,” उनले थपे, “ एन्फा अध्यक्षको टिम पनि भएकाले नजिता सुधार्नुपर्ने दबाब हामीमा छ। हाम्रा मुख्य खेलाडीहरु विश्वास श्रेष्ठ, किशोर गिरी र मानबहादुर श्रेष्ठ लगायत हुन्। हामी ३ जना विदेशी खेलाडीहरु ल्याउने प्रक्रियामा छौं ।” 

९. ब्रिगेड ब्वाइज क्लब 

उद्घाटन खेलमा मछिन्द्रको सामना गर्न लागेको ब्रिगेड ब्वाइज क्लबका ब्यबस्थापक अर्बिन गुरुङले शिर्ष ६ मा पर्नेगरी तयारी गरेको बताए । अनिल गुरुङसहित तीन अनुभवी खेलाडी अनुबन्ध गरेको बीबिसीले गतसस्करण भन्दा राम्रोप्रदर्शनसहित शीर्ष ६ मा पर्ने बताए । 

“ हाम्रो टोली युवा हो । युवा टोलीमा अनुभवको कमी नदेखियोस् भनेर हामीले तीन जना सिनियर खेलाडीहरुलाई टोलीसँग अनुबन्ध गरेका छौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ तथा राष्ट्रिय टोलीका पूर्वसदस्यद्वय विजय गुरुङ र उत्तम गुरुङलाई समेटेका छौं । यसपटक टोलीको प्रशिक्षकमा पूर्व ब्रिटिस लाहुरे खगेन्द्र गुरुङ हुनुहुन्छ । अघिल्लो सिजन हाम्रो टिममा कम अनुभव देखियो। यसपटक शीर्ष ६ मा आउने लक्ष्यसहित हामी लिगमा उत्रनेछौँ ।”

यो संस्करणको लिग दशरथ रंगशालासँगै सातदोबाटोस्थित एन्फा मैदान र हलचोकस्थित शशस्त्रको मैदानमा खेल सञ्‍चालन गर्ने एन्फा लिग कमिटीको तयारी छ । यसअघि रेलिगेसन बिना सञ्‍चालन गरीएको भएपनि यसबर्ष पुछारमा रहने एक टिम घटुवामा पर्नेछ । गत संस्करण घटुवा नभए पनि पुछारमा रहेको मछिन्द्र क्लबको यससंस्करणमा दुइ अंक घटाइनेछ । 

लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेता टोलीले ३५ लाख पाउँदा तेस्रो हुने टोलीले २५ लाख, चौथोले १५ लाख, पाँचौंले ७ लाख तथा छैटौंले ५ लाख रुपैयाँ पाउने छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय