site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Global Ime bankGlobal Ime bank
बाह्रखरी उत्कृष्ट कथा अब हिन्दीमा 
SkywellSkywell

काठमाडौं । बाह्रखरी बुक्सले गत वैशाखमा बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ अब हिन्दी भाषामा पनि प्रकाशित हुने भएको छ ।

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन हुन लागेको हो ।

बाह्रखरी बुक्सले गत वर्षको शीतयाममा नेपाली भाषाको बृहत् राष्ट्रिय कथा प्रतियोगिता आयोजना गरेको थियो । गत वैशाख ६ गते कथा–प्रतियोगिताका उत्कृष्ट २५ कथाहरूको सङ्ग्रह प्रकाशित गरिएको थियो । १२खरी बुक्स आफैंले प्रकाशन गरेको नेपाली संस्करणलाई हिन्दी भाषामा अनुदित गर्न फाउन्डेसनले विशेष पहल लिएकाले हिन्दीका पाठक माझ नेपाली आधुनिक प्रतिनिधि कथा पुर्‍याउन संभव भएको छ । 

Dabur Nepal
NIC Asia

हिन्दीमा अनुदित ‘उत्कृष्ट कहानियाँ २०७६’ आगामी जनवरी १० तारिखका दिन सार्वजनिक हुने बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानले जानकारी दिएको छ । हिन्दी अनुवाद गोपाल अश्कले गरेका हुन् । 

नेपालको आधुनिक कथा–प्रतियोगिता इतिहासमै सर्वाधिक धनराशिको प्रतिष्पर्धामा सर्वोत्कृष्ट कथाकारलाई एक लाख रुपैयाँ नगद प्रदान गरिएको थियो । नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोड्ने सङ्ग्रहसमेत भएकाले फाउन्डेसनले हिन्दी भाषामा अनुवाद गर्ने तत्परता देखाएको बताएको छ ।

“नेपाल–भारतको मैत्री सम्बन्ध स्थापित गर्न र नेपालको साहित्यलाई भारतीय साहित्यबजारमा प्रवेश गराउन अनुवाद राम्रो माध्यम हो, यही कारण हामीले रूचि देखायौं,” नेपालस्थित भारतीय दूतावासका हिन्दी तथा संस्कृति अधिकारी रघुवीर शर्माले भने ।

उनले कथा अनुवादका माध्यमबाट दुई देशबीच मैत्री, भ्रातृत्व, साहित्यिक तथा सांस्कृतिक आदान–प्रदानमा मद्दत मिल्ने समेत बताए । यसले नेपाली भाषा, साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ ।

उत्कृष्ट कथा सङ्ग्रह हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन टेवा पुग्ने र नेपाली साहित्यको बजार फराकिलो हुने १२खरी बुक्सका सम्पादक राजेन्द्र पराजुली बताउँछन् । “नेपालमा राम्रा कथा लेखिएको भए पनि अनुवाद नहुँदा अन्य मुलुकका पाठकको आँखामा पर्न सकेको छैन,’’ उनले भने, ‘‘कम्तीमा हिन्दी भाषामा अनुवाद हुँदा भारतका कथाप्रेमीले हाम्रो कथालेखन र हाम्रा कथाकारले उठान गर्ने विषयबारे थाहा पाउने छन् ।’’ 

नेपाल–भारतबीच शदियौंदेखि मैत्री सम्बन्ध स्थापित हुँदै कला–साहित्य आदान–प्रदान हुँदै आएको र यसैको पछिल्लो संस्करण उत्कृष्ट कथाहरूको अनुवाद भएको उनको भनाइ छ ।

गत वैशाखमा सम्पन्न प्रतियोगितमा देश–विदेशमा रहेका नेपाली भाषीबाट समेत नौ सयभन्दा बढी कथा प्राप्त भएको र त्यसमध्येबाट उत्कृष्ट २५ कथा चयन गरिएको थियो । प्रतियोगितामा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ कथा तृतीय भएको थियो । द्वितीय र तृतीय हुने कथाकारले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए । 

बाह्रखरी बुक्सले यसवर्ष पनि राष्ट्रव्यापी कथा प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने जनाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu