site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Global Ime bankGlobal Ime bank
राज्यका निकायले गर्नुपर्ने काम मिडियाले गरेको छ : सञ्चारमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाह्रखरी कथा लेखन प्रतियोगिता नेपालको परम्परागत साहित्यको निरन्तरता मात्र नभएर कला–संस्कृतिको जगेर्नामा गरिएको महत्त्वपूर्ण कार्य भएको बताएका छन् । आइतबार काठमाडौंमा छैटौँ संस्करणको ‘डिशहोम १२खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा उनले यो एउटा प्रतिस्पर्धा मात्र नभएर साहित्यिक यात्राको सुरुआत र निरन्तरता पनि भएको बताए ।

यो प्रतियोगिताले सम्पूर्ण प्रतिस्पर्धीको क्षमता र अभिव्यक्तिको स्तरलाई पनि नयाँ उचाइमा पुर्‍याउन सहयोग पुर्‍याइरहेको उनले उल्लेख गरे । बाह्रखरी मिडियाले गरेको यो प्रतियोगिताले नेपालका जुनसुकै क्षेत्रमा रहेका कला–संस्कृतिलाई समेट्दै अघि बढेको छ भन्ने उनले विश्वास व्यक्त गरे ।

“राज्यका विभिन्न निकायले गर्नुपर्ने काम एउटा मिडियाले गरेको छ, यो आफैँमा एउटा सराहनीय काम हो,” उनले भने ।

Dabur Nepal

प्रतियोगितामा उत्कृष्ट २५ मा परेर पुस्तकमा प्रकाशित कथा विश्वका विभिन्न भाषामा प्रकाशित हुन सकून् भन्ने उनले शुभकामना पनि व्यक्त गरे ।

“बाह्रखरी मिडियाले केवल साहित्यको क्षेत्रमा मात्रै काम गर्दैन, यहाँ कतिलाई जानकारी पनि नहोला । मुलुककै ठूलो कर्पोरेट गल्फ प्रतियोगिता पनि वार्षिक रूपमा आयोजना गरेर रेकर्ड कायम गर्न सफल भएको छ,” उनले भने, “नेपालको पर्यटन विकासमा पनि बाह्रखरीले योगदान पुर्‍याइरहेको छ । त्यसका लागि मैले धन्यवाद भन्नैपर्ने हुन्छ ।”

सञ्चारमन्त्री गुरुङको सम्बोधनको पूर्णपाठ पढ्नोस्–
बाह्रखरी कथा प्रतियोगिताको आयोजक संस्था बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानज्यू, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यज्यू, यस प्रतियोगिताका निर्णायक मण्डलका सदस्य, आन्तरिक निर्णायक मण्डलका सदस्य, यस प्रतियोगिताका सहभागी हुनुभएका सम्पूर्ण कथाकारज्यूहरु, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साहित्यक्षेत्रका मुर्धन्य व्यक्तित्वज्यूहरु । साथै सम्पूर्ण विजेता कथाकारज्यूहरु ।

बाह्रखरी मिडियाले यस्तो महत्वपूर्ण कार्यक्रम विगतका पाँच वर्ष पनि गरिसकेको छ । यो छैटौँ प्रतियोगिता रहेको मैले जानकारी पाएँ । बाह्रखरी मिडियाले केवल साहित्यको क्षेत्रमा मात्रै काम गर्दैन यहाँ कतिलाई जानकारी पनि नहोला । मुलुलकै ठूलो कर्पोरेट गल्फ प्रतियोगिता पनि वार्षिकरुपमा आयोजना गरेर रेकर्ड कायम गर्न सफल भएको छ । नेपालको पर्यटन विकासमा पनि बाह्रखरीले योगदान पुर्‍याइरहेको छ त्यसका लागि मैले धन्यवाद भन्नैपर्ने हुन्छ ।

कोभिडका बेला होस् या मुलुकले व्यहोरेका विभिन्न आरोह अवरोहमा पनि बाह्रखरीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कथाकारलाई सहभागी गराएर प्रतियोगिता गराउँदै आएको मैले जानकारी पाएको छु ।

कथाले मुलुकमा भएका परिवर्तन, नेपालका ग्रामिण क्षेत्रमा भएका सामाजिक, आर्थिक र राजनीतिक अवस्थाहरुको उजागर राम्रोसँग गर्ने गरेको छ । यहाँ उपस्थित हुनुभएका मुर्धन्य साहित्यकारहरुले यसैगरी विभिन्न विषयवस्तु उजागर गरेर योगदान पुर्‍याइसक्नुभएको छ ।

यसवर्ष पनि देशका विभिन्न स्थान र विदेशबाट गरी ९३७ कथा प्राप्त भएको र, त्यसमध्येबाट ५२ वटा कथा आन्तरिक निर्णायक मण्डलले छनोट गरी बाह्य निर्णायक मण्डललाई हस्तान्तरण गरेको जानकारी मैले पाएँ ।

बाह्य निर्णायक मण्डलले लोकसेवाको जस्तै चेकजाँच गरेर, कथाकारको नाम र शीर्षक गोप्य राखेर निर्णायक मण्डललाई कथामात्रै पठाइएको रहेछ । यस्तो निष्पक्ष ढंगले चरणवद्धरुपमा गरिएको प्रक्रियाबाट छनोट हुनुभएका सम्पूर्ण कथाकार आज सम्मानित भइसक्नुभएको छ ।

यस प्रतियोगितामा भाग लिएर जस–जसले आफ्नो सिर्जनशीलता प्रदान गर्नुभएको छ, तपाईंले नेपालको साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मलाई लाग्छ । यो प्रतियोगिता नेपालका परम्परागत साहित्यको निरन्तरतामात्रै नभएर कला संस्कृतिको जगेर्नामा गरिएको महत्वपूर्ण पाटो पनि हो ।

साहित्य मुलुकको आत्मा पनि हो । साहित्यले हाम्रो समाजका विभिन्न पक्षलाई उजागर गरेर चिन्तन र विचारहरुसहित तपाईं हामीमाझ ल्याइरहेको छ ।

बाह्रखरी मिडियाले गरेको यो प्रतियोगिताले पनि नेपालका जुनसुकै क्षेत्रमा रहेका कला संस्कृतिलाई समेट्दै अघि बढेको छ भन्ने विश्वास मलाई छ ।

यो प्रतियोगिताले सम्पूर्ण प्रतिष्पर्धीको क्षमता र अभिव्यक्तिको स्तरलाई पनि नयाँ उचाइमा पुर्‍याउन सहयोग पुर्‍याइरहेको छ भन्ने मलाई लाग्छ ।

मैले यहाँ बुझेसम्म यो प्रतियोगिता केवल एउटा प्रतिष्पर्धामात्रै होइन, यो एउटा साहित्यिक यात्राको सुरुवात पनि हो, र निरन्तरता पनि । जो प्रथम, द्धितीय र तृतीय हुनुभयो, जति यस २५ विजेता कथाकारभित्र पर्न सफल हुनुभयो तपाईंहरु त धन्यवादको पात्र हुनुहुन्छ । जो सहभागी भएर पनि छनोट हुन सक्नुभएन तपाईंहरु पनि एउटा प्रतियोगितामामात्रै छनोट हुन नसक्नुभएको हो । तर तपाईंहरुले आफ्नो लेखनकलालाई निरन्तरता दिनुहुनेछ भन्ने मलाई विश्वास छ ।

आफ्नो सिर्जनात्मक यात्रा जारी राख्नुहोला, समाज परिवर्तनको यात्रामा आफ्ना लेखनमार्फत योगदान पुर्‍याइरहनुहोला ।

राज्यका विभिन्न निकायले गर्नुपर्ने काम एउटा मिडियाले गरेको छ यो आफैंमा एउटा सराहनीय काम हो । बाह्रखरी मिडियालाई मैले निमन्त्रणाका बेला पनि सुझाव दिएको थिएँ, प्रतियोगितामा विजेता २५ कथाकारलाई पाँचहजारमात्रै होइन धेरै रकम उपलब्ध गराइदिनु भनेर । मलाई लाग्छ अर्को वर्ष उहाँहरुले मेरो सुझावलाई मनन् गर्नुहुनेछ । तर पनि यहाँ पुरस्कारमात्रै नभएर भव्यरुपमा कार्यक्रम आयोजना हुनु आफैंमा महत्वपूर्ण विषय हो । 

आज सार्वजनिक भएका कथा विश्वका विभिन्न भाषामा पनि प्रकाशित हुन सकुन् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।

अघिल्ला वर्षमा अन्य भाषामा पनि प्रकाशित भएको मैले जानकारी पाएको छु । यसले निरन्तरता पाउँदै जानेछ । प्रतियोगिता निरन्तरताको कामना गर्दै आगामी दिनमा अझै स्तरीय कार्यक्रम हुँदै जानेछ भन्ने विश्वास व्यक्त गर्दछु । धन्यवाद

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro